सबैभन्दा छाेटाे दूरीकाे रसुवागढी नाका जोड्ने सडक उद्घाटन हुँदै



रसुवा | चीनसँगको नाका रसुवागढी जोड्ने सबैभन्दा छाेटाे दूरीकाे ‘मैलुङ–स्याफ्रुबेँसी’ सडककाे निर्माण कार्य सकिएकाे छ। अाज उद्घाटन भर्इ हस्तान्तरण हुन लागेकाे उक्त सडकले नेपाल-चीन जाेड्ने एक मात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी छाेटाे समयमै अाउजाउ गर्न सकिने बताइएकाे छ ।

नेपाली सेनाले निर्माण सम्पन्न गरेकाे गल्छी त्रिशुली–मैलुङ– स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना सरकारलार्इ गरिन लागेकाे हाे । सडक उद्घाटनमा रक्षामन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, अर्थमन्त्री युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका व्यक्तिहरु सहभागी हुन रसुवा अाइपुगेका छन् ।

मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलले २०७२ बैसाखदेखि सुरु गरेको थियाे । तीन वर्षमा दुई लेनको १७ किलोमिटर सडक निर्माण सम्पन्न भएको नेपाली सेनाले जनाएकाे छ । सुरुवातमा ७ किलोमिटर ‘सिङ्गल लेन’को सडक निर्माणको जिम्मेवारी पाएको निर्माण कार्यदललाई भूकम्पपछि १० किलोमिटर थप सडक निर्माण गर्ने जिम्मेवारी थपिएको थियो। भूकम्पले अधिक क्षति पुर्याएकाे सिम्लेदेखि मैलुङसम्मको ६ किलोमिटर सडक भने एक लेनकाे मात्रै बनाइएकाे छ ।

याे सडक निर्माणमा ७० करोड ६९ लाख ९० हजार रुपैयाँ खर्च भएको सेनाले जनाएको छ।

यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो हुनेछ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर दूरी रहेकोमा बेत्रावती मैलुङ स्याफ्रुबेँसीको यस सडकाे दूरी भने २९ किलोमिटर मात्रै छ । पासाङल्हामु राजमार्ग अन्तरगत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती नरहेको निर्माण कार्यदलले जनाएको छ ।

Comments