गोली हानेर धनगढीमा ९ लाख लुटियो



धनगढी । कैलालीको धनगढीमा गोली हानेर ९ लाख लुटपाट भएको छ ।

आईएमईबाट रकम निकालेर बैंकमा जम्मा गर्न जाने क्रममा कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानी सो रकम लुटिएको हो ।

धनगढी–३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो । गोली हान्ने समूहले उनको साथमा रहेको रकम लुटेर भागेको छ ।

गोली लागेर घाइते भएका कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कार्कीमाथि गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comments