मोबाइल धेरै चलाउनु मानिसका लागि निकै खतरनाक , यस्ता छन् साइड इफेक्ट पुरा हेर्नुस



मोबाइल मानिसका लागि अत्यावश्यक बनिसकेको छ । यो जीवनकै महत्वपूर्ण हिस्सा बन्न पुगेको छ । तर, यसको प्रयोगमा भने सजगता अपनाउनुपर्ने देखिएको छ । यसबाट निस्कने रेडिएसन मानिसका लागि निकै खतरनाक हुने प्रमाणित भएको छ । मोबाइलको बढी प्रयोगले कन्फ्युजन बढ्नुका साथै निर्णय लिने क्षमतामा समस्या पर्ने रिपोर्ट सार्वजनिक भएको छ । ब्रिटेन, अमेरिका र स्विडेनमा भएको एक अध्ययनले यस्तो रिपोर्ट सार्वजनिक गरेको हो । यी हुन् मोबाइलका साइड इफेक्ट :

सीधा असर दिमागमा
अनुसन्धानका अनुसार मोबाइल रेडिएसनको सीधा असर स्मरणशक्तिमा पर्न जान्छ । जसले सर्ट टर्म मेमोरी लसको समस्या निम्त्याउने गर्छ । फोनबाट निस्कने सिग्नलले दिमागको यस्तो भागलाई प्रभावित पार्छ, जसको सम्बन्ध मेमोरी र सिकाइसँग हुन्छ ।

यदि बच्चाले मोबाइल या यस्तो प्रकृतिको डिभाइसको बढी प्रयोग गरेमा उसको सिक्ने क्षमतामा कमी आउन थाल्छ ।अध्ययन टोलीका प्रमुख प्रोफेसर बेङ्ग्ट अर्नेट्सका अनुसार मोबाइलको रेडिएसनले मानिसको निर्णय गर्ने क्षमतामा ह्रास ल्याउने काम गर्छ । यसकै कारण मोबाइल कम्पनीहरू पनि रेडिएसन कम गर्ने प्रयासमा जुटेका छन् ।

पिम्पल्स या खटिरा
प्रयोगमा आएका सबै मोबाइल फोनमा अत्यधिक धुलो र फोहोर हुन्छ, जुन ब्याक्टेरिया प्रजननका लागि सुरक्षित ठाउँ बन्छ । त्यसैले प्रत्येक समय मोबाइलमा कुरा गर्दा या आफ्नो कानसम्म मोबाइल लैजाँदा यस्ता फोहोर र ब्याक्टेरिया छालामा सर्ने गर्छ ।यसले अनुहारमा दाग र कालो धब्बाको समस्या ल्याउने गर्छ । त्यसैले मोबाइलको प्रयोगपछि अनुहार पुछ्दा वा सफा गर्दा राम्रो हुन्छ ।

गर्दनको समस्या

Comments