मेलमिलापनै विवाद समाधानको उत्तम विकल्प : कामु प्रधानन्यायाधिस जोशी

कायम मुकायम प्रधानन्यायाधिस दिपकराज जोशीले विवाद समाधानका लागि मुद्धामामिला भन्दा पनि मिलापत्र पद्धती व्यवहारिक रुपमा निकै प्रभावकारी हुने बताउनुभएको छ ।
सर्वोच्च अदालत मेलमिलाप समितिको आयोजनामा शुक्रबार चितवनमा आयोजित मेलमिलापको उपयोगिता, शान्ति र सौहार्दता विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाले मिलापत्र गर्दा अदालती खर्च र जरिवाना समेत तिर्नु नपर्ने भएकाले सेवाग्रहीका लागि न्याय प्राप्तिको उत्तम विकल्प भएको बताउनुभयो । चितवन जिल्ला मेलमिलाप गर्ने कार्यमा अग्रणी जिल्ला भएको भन्दै उहाले यहाबाट भएका सकारात्कम कामको अरुले पनि अनुशरण गर्ने बताउनुभयो ।
कामु प्रधानन्यायाधिस जोशीले सबैखाले मुद्धामा सम्भव नभएपनि देवायनी प्रकृतिका व्यक्ति व्यक्ति विचको विवाद समाधानमा मेलमिलाम नीतिनै सहज माध्यम भएको बताउनुभयो । कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका न्यायाधिस डाक्टर आनन्द मोहन भट्टराईले चितवन चेतनाको केन्द्र भएको भन्दै मेलमिलापद्धारा विवाद समाधानमा जिल्लाले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाले न्यायाधिसहरु सर्जन जस्तै भएको भन्दै मुद्धा चिरफार गर्नु उनिहरुको पेशागत धर्म भएको बताउनुभयो ।
साथै उहाले मुद्धा लडे वकिलले जित्ने तर मेलमिलापबाट दुवै पक्षको जित हुने भन्दै सेवा ग्राहीहरुलाई मेलमिलापको महत्वबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधिस प्रकाश ढुंगाना, उच्च अदालत पाटन अन्र्तगत हेटौडा ईसलासका मुख्य न्यायाधिस सुष्मालता माथेमा, चितवन जिल्लाका न्यायाधिस कुल प्रसाद शर्मा, चितवन जिल्ला बार एसोशिएसनका अध्यक्ष गोपिलाल देवकोटा लागाएतले बोल्नुभएको थियो ।

Comments