एक वर्षमै करीव ३५ प्रतिशतले सम्पत्ति बृद्धि गदै ८१ औं नम्बरमा उक्लिए घले

गैर आवासीय नेपाली महासंघ ‐एनआरएनए) का पुर्व अध्यक्ष तथा ब्यापारी शेष घले दम्पत्ति अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । घले र उनकी पत्नी जमुना गुरुङ गत वर्ष १०१ औं स्थानमा भए संगै यस वर्ष ८१ औँ नम्बरमा फड्को मार्न सफल भएका हुन् ।
अष्ट्रेलियाका सन् २०१८ मा सबैभन्दा धनी २ सय व्यक्तिको सूची मध्ये घले दम्पत्ति ८७ करोड ६० लाख डलर सम्पत्तिसहित ८१ औँ स्थानमा रहेको बिजनेस रिभ्यु विक्लीले बिहिवार सार्वजनिक गरेको छ । गत वर्ष उनीहरुको कुल सम्पत्ति ६४ करोड ७० लाख डलरका साथ १०१ औं स्थानमा रहेको थियो ।
यस वर्ष करीव ३५ प्रतिशतले उनिहरुको सम्पत्ति बढेको छ । सन् १९९०मा अध्ययनका लागि अष्ट्रेलियाका पुगेका घलेले एकाउन्टिङ तथा प्राविधिक विषय पढाइ हुने मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको ‐एमलाईटी)स्थापना गरेका थिए । घले सो इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् ।
जहाँ संस्थाका सहायक संस्थापक उनकी श्रीमती जमुना गुरुङ निर्देशक छिन् । अहिले एमआइटीमा करीव ३ हजार विद्यार्थी अध्ययनरत छन् । घले दम्पत्तिले काठमाडौंमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल सञ्चालनका लागी अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।
पछिल्ला वर्षहरुमा नेपाल र नेपाली समुदायको सेवामा घले दम्पत्ति सक्रिय देखिएका छन् । उनिहरुले शिक्षा, स्वास्थ्य सडक लगाएतमा सहयोग गरिरहेका छन् ।

Comments