टुटेफुटेका धारा, दिसापिसाब भरिएर गन्हाउने शौचालय, पहेँलो करिडोर अनि पुरानो मक्केको भित्ता । यस्तै बेहाल थियो अस्पतलाको अवस्था । अब भने बदलरहेको छ ।



काठमाडौँ — उज्यालो वातावरण , रगिंन भित्ता, सफा टिलिक्क करिडोर अनि नाकमुख नथुनी छिर्न पाइने शौचालय । मुलुककै जेठो अस्पताल वीरको यस्तो स्वरूप यसरी फेरिएला भनेर बिरामीपक्षले सायदै सोचेका थिए ।आजभोलि वीर अस्पतालको स्वरूप साँच्चिकै बदलिएको छ । केही दिनअघि उपचार गरी फलोअप उपचारमा आएका बिरामी अस्पतालको नयाँ संरचना देखेर चकितै पर्छन् ।
पहिले अस्पतालको शौचालय कहाँ छ भनेर परैबाट गन्हाउने गन्धबाटै थाहा हुन्थ्यो । आजभोलि कता छ भनेर खोज्नुपर्ने हुन्छ । १० दिनअघि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पुरुष शौचालय सफा गरेर वीर अस्पताल सरसफाइ अभियान सुरु गरिन् । यसलाई निरन्तरता दिँदै छन्, हास्यकलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल (धुर्मुस) ।टुटेफुटेका धारा, दिसापिसाब भरिएर गन्हाउने शौचालय, पहेँलो करिडोर अनि पुरानो मक्केको भित्ता । यस्तै बेहाल थियो अस्पतलाको अवस्था । अब भने बदलरहेको छ । बत्ती र टेलिफोनका यत्रतत्र छरिएका, लत्रिएका तारहरू पनि व्यवस्थित भइसकेका छन् । बिजुलीका चिम नभएका ठाउँमा बत्ती जडान गरिएको छ । त्यस्तै, अस्पताल प्रशासन वरपरका भित्तामा चित्रसहित भित्ता सजाइएको छ । महिला शौचालय, नेफ्रो विभाग पस्ने भित्तातिर पनि चित्र बनेका छन् । 

अभियन्ता कट्टेल भन्छन्, ‘एक दिन सफा गर्ने भनेर छिरेका थियौं, अस्पताल अलि व्यवस्थित देखेर रङरोगन र मर्मतसम्हार गर्न लागेको हो ।’ अस्पताल सरसफाइ र मर्मतसम्हारका लागि कट्टेललाई करिब एक सय सहयोगीले साथ दिइरहेका छन् । जसमा पशुपति मन्दिर र विमानस्थल सरसफाइ अभियन्ता खेम शर्मा,भद्रगोल टेलिसिरियल टिम, दारी ग्याङ, बाग्मती सरसफाइ अभियान, अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालय पनि ।

Comments