यि युवतिको एक फोटोले कमायो यस्तो प्रसंसा



खाने मुखलाई जुगाले छेक्दैन भने झै केही गर्न आट र जोस अनी सामर्थ्य भएको ब्यक्तिलाई जस्तोसुकै बाधा ब्यबधान आएपनी उ आफ्नो लक्षमा पुगी छाड्छ । एस्तै एक उदाहरण हुन् मोनालिसा । जन्मदै एक हात नभएकी मेलिसा जोन्सको पछिल्लो फोटोसुटले अहिले निकै प्रशंसा पाइरहेको छ ।
आफ्नो नभएको हात छोप्दै आएकी मेलिसाले सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र म्याड म्याक्स फ्युरीमा चार्लिज थेरोनले एक हात भएकी युवतीको भूमिका निर्वाह गरेपछि उनले पनि आफ्नो हात छोप्न छोडिन् ।

कोरोनेसन स्ट्रिटकी पूर्व अभिनेत्री २७ वर्षीया मेलिसाले एक हात नभएका कारण विभिन्न लाञ्छनासमेत सहनुपरेको थियो । तिनै लाञ्छना र खिज्याइहरू खेप्दै आएका कारण आफूमा केही गर्नैपर्छ भन्ने आत्मबल आएको मेलिसा बताउँछिन् । ‘आफू अपाङ्ग छु भनेर हीन भावना पाल्ने हो भने सबैले हेप्ने हुनाले आफूले आफूलाई अपाङ्ग मान्नु नै हुँदैन,’ –मेलिसा भन्छिन् ।

अपाङ्गता भएका व्यक्तिहरूको हौसला बढाउन उनले हालै एउटा फोटोसुटसमेत गरिन् । उनलाई लागिरहेको छ– आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरू फ्रन्टलाइनमा आउँदा अपमानित भएर बसेका धेरैलाई हौसला मिल्नेछ ।

Comments