नेपाल दूसञ्चार प्राधिकरणले एक वर्षमा मुलुकका सम्पूर्ण स्थानीय तहमा ईन्टरनेटको पहुँच पुर्याउने लक्ष्य लिएको छ ।
आज विश्व दूरसञ्चार दिवसका अवसरमा प्राधिकरणले ७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानीय तहमा इन्टरनेट पुर्याउने बताएको हो । ९० प्रतिशत जनतामा मोबाईल फोनको पहुँच पुगेको र कुल जनसंख्याको ४० प्रतिशत ईन्टरनेटको पहुँच रहेको तथ्यांक छ ।
सन् १९६९ देखि संयुक्त राष्ट्रसंघले विश्व टेलिग्राफ सम्मेलनको सम्झनामा विश्व दूरसञ्चार दिवस मनाउन सुरु गरिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणले पनि काठमाडौंमा दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
Comments
Post a Comment