एमए पढ्ने छात्रासँग कक्षा कोठामै यौन हर्कत गरेपछि आरआर क्याम्पसका प्राचार्य खोरमा


काठमाडौं । कुनै यौनविचलन त कतै प्रश्नपत्र दोहोरिने काण्डका कारण भृकुटीमण्डपतिर बबाल छ । पत्रकारीताको जननी मानिने रत्नराज्यलक्ष्मी कलेजका एक प्राचार्य आफ्नै छात्रासँग यौन प्रस्ताव राखेको आरोपमा सातादेखि प्रहरी कस्टडीमा छन् ।नेपाल मानविकी क्याम्पसका प्राचार्य विष्णुप्रसाद आचार्य एमए तहमा अध्ययनरत छात्रामाथि १२ साउनमा क्याम्पसकै कक्षा कोठामा एक्लै भएको मौका छोपी दूराचार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखामा १८ साउनदेखि थुनिएका छन । प्राध्यापक कतिसम्म गैरजिम्मेवार र लापरवाह छन भन्ने अर्को उदाहरण भेटिएका छ नेपाल ल क्याम्पसमा । सो कलेजमा हालै सम्पन्न प्रि बोर्ड परीक्षामा गडबडी भेटिएको छ । बिए/एलएलबी चौथो वर्षको परीक्षमा त्रिबिकै प्रश्नपत्र कपी गरिएको विद्यार्थीको गुनासो छ । त्रिभुवन विश्वविद्यालयको श्रम कानुन र पारिवारिक कानुन बाट कपी हालै मात्र नेपाल ल कलेजले लिएको प्रशासन कानुनतर्फ प्रि बोर्ड परीक्षामा अधिकांश प्रश्नपत्र कपी गरिएको फोला परेपछि विद्यार्थीले यो विषयमा पनि कुरा उठाएका हुन् । –जनआस्था साप्ताहिकबाट

Comments