पुरुषहरु सेक्सपछि किन सुत्छन ? यस्तो छ कारण



एजेन्सी : स्त्रीहरु आफ्नो पुरुषसँग यौनकृया गरेपछि गुनासो गर्ने गर्छन् किनभने यौन कार्य गरे लगतै प्राय पुरुषहरु निन्द्रामा पर्ने गर्दछन् । त्यसबेला स्त्रीहरु आफ्नो साथीलाई कुनै रोग लागेको छ भन्ने अनुमान गर्दछन्। तर उनीहरुको उक्त निदाउने बानीमा भने डराउनु पर्ने छैन। किनभने सबै पुरुषहरु सेक्सपछि निदाउने गर्दछन् ।

यस्तो किन हुन्छ भनेर तपाइहरुले सोच्नु भएको होला ? यौनकृया पछि पुरुषहरुमा आकसीटोसीन हरमोन्स मात्र ज्यादा हुने गर्दछ। यो बाहेक अन्य धेरै कारणहरु छन् सो बारेमा समान्य जानकारी लिउँ। यसका लागि पुरुष मानिसहरूमा पाइने रासायनिक परिवर्तन जिम्मेवार हुने गर्दछ।

सामान्यतया सेक्सपछि स्वाभाविक रुपमा उनीहरु निदाउँछन्। तथापि, पुरुषहरुले उक्त आफ्नो बानी नियन्त्रण गर्न पनि सक्ने विभिन्न अनुसन्धाबाट पनि पत्ता लागेको छ। खासमा भन्ने हो भने यौनकृयापछि पुरुषमा आकसीटोसीन हारमोन्सको मात्र ज्यादा हुने गर्छ जसले गर्दा उनीहरु आरामको खोजिमा हुन्छन्। साथै प्रोलोकिटनको प्रभाव उनीहरुको शरीरमा धेरै हुने भएकोले उनीहरु सेक्स पछि निदाउन पुग्छन्।

वास्तवमा सेक्स र निर्द्रा वीच गहिरो सम्बन्ध हुने गर्छ। राम्रो निर्द्राका लागि सेक्सको आवश्यकता हुने गर्छ। तर केटिहरुलाई भने उनीहरुको केटा साथीको यस्तो आदत भने राम्रो लाग्दैन। कुनै बखत पति-पत्नी विचमा हुने तनावलाई हटाउन सेक्स गर्ने गर्दछन्।

पतीलाई सेक्स पछि मानसिक सन्तुष्टि पनि मिल्ने गर्छ भने कुनै बखत पत्नीलाई पनि निन्द्रा आउने गर्छ। बास्तवमा सेक्स कार्यलाई मानसिक पीडा हटाउने उपयुक्त माध्यम मानिने गरिन्छ। धेरै पटक थकान र दवाबका कारणले गर्दा पुरुषहरु सेक्स पछि निदाउँछन् ।

यो पनि पढ्नुहोस

किन फरफराउँछ आँखा ? यस्ता छन बैज्ञानिक कारण

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ ।

तर, यो पूर्णत वैज्ञानिक कारणसंग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ । अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन ।

तनावका कारण : जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ । आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो ।

थकान : तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ ।

आँखा दुखाई : दृष्टिसंग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ । खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ ।

क्याफिन र अल्कोहल : विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ ।

सुख्खा आँखा : बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन् । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ ।

पोषकतत्वको असन्तुलन : म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन ।

एलर्जी : आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ । त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस् ।

Comments