उद्योगमन्त्री मातृका यादवको आदेशमा उनीहरु आज बिहानैदेखि सेवाग्राहीहरुको अत्यत्त भीड हुने केन्द्रहरु कम्पनी रजिष्टार्डको कार्यालय,घरेलु तथा साना उद्योग,उद्योग विभाग,आपूर्ति हित संरक्षण विभाग,खाद्य संस्थान लगायतका सरकारी संस्थाहरुमा छड्के अनुगमन गरेका थिए । अनुगमनका कर्ममा सरकारी कर्मचारीहरुमा देखिएकी विकृती र विसंगति सुनाँउदै प्रेस संयोजक विष्टले सुनाए कतिपय कार्यालयका कर्मचारीहरु हाजिर गरेर बिहानै कुलेलम ठोकेको भेटियो भने कतिपय कार्यालयहरुमा कर्मचारीहरु टेबलमा नभेटिएको,कर्मचारीहरु रत्तिएर बसेको,फेसबुक तथा सामाजिक सञ्जालमा अलमलिरहेको भेटिएको पाइयो ।
उनका अनुसार,उपभोक्ता हित संरक्षण विभागमा कार्यरत कर्मचारी प्रतिमा श्रेष्ठ बिहानै हाजिर गरेर कार्यालयबाट निस्किएकी थिईन । यस्तै खाद्य संस्थानका ५ औं तहका कर्मचारी भरत श्रेष्ठ र आठौं तहका कर्मचारी मेघबहादुर केसी फेसबुकमा व्यस्त थिए । धर्म महर्जन,रामु गोविन्द रञ्जितकार लगायतका कर्मचारीहरु युट्युबमा रेस्लिङको मज्जा लिइरहेका थिए । यस्तै घरेलु तथा साना उद्योगाका दीपक निरौलाको सेवाग्राहीहरुसँग हेपाहा प्रकारले बोलेको भेटिएको हो । विकास समितिका रमिता नेपाली फेसबुकमा अल्झिरहेको र त्यहाँका अरु कर्मचारी सेवाग्राहीको काममा ध्यान नदिई एक आपसमा रत्तिएर बसेको भेटिएको हो । कम्पनी रजिष्टार्डको कार्यालयमा विचौलियाहरुको बिगबिगी भेटिएको पनि उनले सुनाए । त्यहाँको फ्रन्ट डेस्कमा बसिरहेका तीन महिला कर्मचारीहरुमध्य एक निन्द्रामा थिइन भने दुई कर्मचारीहरु सामाजिक सञ्जालमा झुलिरहेकी ।
मन्त्री यादवले अनुगमन गर्नेहरुकै अनुगमन गर्ने बताइरहेको समयमा आज मन्त्रालयबाट एक टोलीले झड्के अनुगमन गर्दा कर्मचारीहरुमा काम प्रति उति लगाव नभएको,सेवाग्राहीसँग गर्ने व्यवहार राम्रो नभएको बताँउदै यी कर्मचारीहरु उपर तत्कालै एक्सन चाल्ने र छडके अनुगमनलाई निरन्तरता दिने तयारी छ । आजैदेखि उद्योगमन्त्रालयले मातहतका कार्यालयहरुमा कार्यालय समयमा फेसबुक चलाएको भेटिएमा कारवाही गर्ने निर्देशन समेत मन्त्री यादवले दिएका छन ।
Comments
Post a Comment