२९ बैशाख, काठमाडौं । विश्व नर्सिङ दिवस शनिबार संसारभरी मनाईदैछ । नर्सिङ सेवाको सुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेलको जन्मदिनमा मनाईने नर्सिङ दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाईदैंछ ।
यसवर्ष नर्सिङ दिवसको नारा ‘स्वास्थ्य एक मानब अधिकार’ भन्ने रहेको छ । अस्पताललाई सफा राख्न र बिरामीको सम्मान तथा भावनालाई कदर गर्न नाइटिंगेलले नै सुरुवात गरेको स्मरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी कम्युनिटी नर्सिङ अधिकृत कविता अर्यालले भनिन्, ‘आज उनले दिएको ज्ञान र सीपलाई विश्वभरका नर्सहरुले अंगालिरहेका छन् ।’ तर नर्सहरुले पाउने सेवा, सुविधा, भने काम अनुसार उपयुक्त छैन । उनीहरुले पढाइमा लाग्ने खर्चको तुलनामा कम पारीश्रमिक पाएका छन् ।
नर्सिङ क्षेत्रका जानकारहरुका अनुसार नर्स बन्न नेपालमा चार देखि आठलाख सम्म लाग्ने गरेको छ । तर, खर्च अनुसारको नर्सले तलब पाउँदैनन् । नर्सलाई मासिक १० देखि ११ हजार रुपैयाँ तलब दिएको वीर अस्पताकी नर्सिङ अधिकृत रमिला चौलागाईँले बताइन् । आजको नयाँपत्रिका दैनिकबाट
Comments
Post a Comment