अनौठो इच्छा र चाहना : यी महिलाले पतिलाई डिभोर्स दिएर कुुकुरसँग गरिन् विवाह



एजेन्सी । मानिसको इच्छा र चाहना सुन्दा पनि अचम्म लाग्छ । यस्तै खालको खबर प्राप्त भएको छ । बेलायती एक महिलाले पतिसँग डिभोर्स दिएर कुकुरसँग विवाह गरेकी छन् ।

दुई सय जनाभन्दा बढी पाहुना बोलाएर ४७ वर्षीया अमान्डा रेजार्सले कुकुरसँग विवाह गरेकी हुन् । आफ्नै घरमा पालेको कुकुर शेबा मेरासँग विवाह गरेकी उनले केही महिना अगाडि श्रीमान्लाई डिभोर्स दिएकी थिइन् ।

कुकुरसँग विवाह गर्नकै लागि उनले श्रीमानलाई डिभोर्स दिएको बताइएको छ । श्रीमानसँग डिभोर्स भएपछि सोही कुकुरलाई पति मानेर बसेकी उनले अन्ततः सोही कुकुरसँग औपचारिक रुपमै विवाह गरेकी हुन्

Comments