घरमा जसरी पनि लगाउनुहोस् यस्ता बिरुवाहरु, हुनेछ अकल्पनीय लाभ

घरमा जसरी पनि लगाउनुहोस् यस्ता बिरुवाहरु, हुनेछ अकल्पनीय लाभ

हिन्धु धर्ममा जति भगवानको पूजा गरिन्छ त्यति नै बोट बिरुवाहरुको पनि पूजा गर्ने गरिन्छ । धार्मिक आस्थाले बोट-बिरुवाको महत्व छुट्टै रहे पनि वास्तुशास्त्र अनुसार भने बोट-बिरुवाको हाम्रो जीवनसँग सम्बन्धित छुट्टै महत्व रहेको छ । वास्तुशास्त्र अनुसार घरमा बोट-बिरुवा नराख्नाले घरमा बस्नेलाई आर्थिक, शारीरक एवं मानसिक समस्याको सामना गर्नुपर्ने बताएका छन् । घरमा सुख-समृद्धि पाउनका लागि केही बोट-बिरुवा लगाउन जरुरी रहेको बताएको छ । कुन बिरुवा रोपे कस्तो लाभ हुने यसप्रकार रहेका छन् ।

१. फेंगु शुईको अनुसार बासको बिरुवा समृद्धि र प्रगतिको प्रतिक हुन्छ । यसलाई घरमा जहाँ पनि राख्न सकिन्छ । यसले घरमा भएको नकारात्मक उर्जालाई समाप्त गर्ने काम गर्दछ ।

२. नरिवलको रुख पनि शुभ मानिन्छ । यसलाई घरमा राख्नाले घरको परिवारमा एक-अर्को प्रति प्रेम र सद्भावना बढाउँछ ।

३. केराको वृक्ष भगवान विष्णुको प्रिय मानिन्छ । धनको कारक ग्रह गुरूको यसमा प्रभाव रहेको हुन्छ । यसलाई उत्तर दिशामा लगाउनाले घरमा धन भित्रिने छ । केराको वृक्षको नजिक तुलसीको बोट लगाइयो भने अति शुभ हुन्छ । यसो गर्नाले विष्णु र लक्ष्मीको कृपा साथ-साथ प्राप्त भईरहन्छ ।

४. घर बाहिर वृक्षहरु लगाउने ठाउँ नभए घर भित्र मनी प्लान्ट लगाउन सकिन्छ । चाईनिज बास जस्तै यो वृक्ष पनि समृद्धिदायक बिरुवा मानिन्छ । मनि प्लान्ट रोपिसकेपछि त्यसको बिग्रिएको पातहरु भने समयमा नै टिप्नु पर्दछ ।

Comments