ऋषि धमलाको नाममा बन्यो नेपाली गित : “हमला हमला छोड हमला, नचिन्ने त को होला ऋषि धमला” भन्ने गीतमा ऋषि पनि आफै नाच्न पुगे (भिडियोसहित)

ऋषि धमलाको नाममा बन्यो नेपाली गित : “हमला हमला छोड हमला, नचिन्ने त को होला ऋषि धमला” भन्ने गीतमा ऋषि पनि आफै नाच्न पुगे (भिडियोसहित)

काठमाडौ – ऋषी धमला रिर्पोटस क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सिमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् ।

बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।

रिर्पोटस क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तवार्ता हेर्न पाईन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखी शितल निवास, बालुवाटार देखी बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।

काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषीलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् । यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाए पछि नआउने र उनले खोजे पछि नमिल्ने नेपालमा कुनै नेता छैनन् ।

यिनै धमलालाई लिएर कसैले चलचित्रमा सानो भूमिका दिएर निर्माण गरि चर्चामा चलचित्र लाई ल्याए त कसैले युटुव च्यानलमा उनको अन्तर्वार्ता लिएर लाखौ पैसा कमाउन सफल भए ।

यसै क्रममा आज मात्र ऋषिको नाममा एउटा गित रेकर्ड भएको छ जुन गीतमा उनि आफै रेकर्डिङ स्टाडियोसम्म पुगेर गायक गायिकासंग छमछमी नाचेको भिडियो सार्वजनिक भएको छ ।

गायिका राधिका हमाल र गायक प्रदिप त्रिपाठीको आवाजमा रहेको उक्त गीतका लेखक तथा संगीतकार सन्तोष देउजा ठकुरी हुन् । हमला हमला छोड हमला, नचिन्ने त को होला ऋषि धमला बोलको गीतमा रमाइलो गरेको दृश्य हेर्न सकिन्छ । जुन दृश्य तल भिडियोमा हेर्नुहोस

Comments