के तपार्इंलाई विश्वास लाग्छ ? यो धर्तीमा एउटा यस्तो अनौठो गाउँ पनि छ, जहाँ सिठी बजाएर कुराकानी गरिन्छ !
दुनियाँभर हजारौँ भाषाहरु प्रचलनमा छन् । तर उत्तरी टर्कीस्थित कृष्णसागर क्षेत्र नजिकै अवस्थित कुसको नामक गाउँमा सिठी भाषाको चलन छ ।
मुखले सिठी बजाएर बोलिने यो अनौठो भाषालाई बर्ड ल्यांग्वेज अर्थात् चरी भाषा भनिन्छ ।
गाउँलेहरु आपसमा सिठी बजाएर कुराकानी गर्छन् । आखिर एउटै खाले सिठी बजाउँदा कसले के भन्यो होला, कसरी थाहा पाउने ? भन्ने प्रश्न उठ्नसक्छ ।
रोचक कुरा त के भने गाउँलेहरुले यहाँ सिठीका विभिन्न तरिका सिर्जना गरेका छन्, तिनै सिठीको प्रकारबाट मानिसहरुको नाम तथा अन्य कुराहरु भनिन्छ । मानिसको नामका लागि अलग अलग बान्कीको सिठी बजाइन्छ ।
कुराकानीका लागि सांकेतिक सिठीलाई नै भाषाको रुपमा प्रयोग गरिएको छ । सदियौँदेखि गाउँमा यहीँ सिठी भाषा प्रचलनमा छ ।
१० हजार भन्दा धेरै गाउँलेहरुको भाषा यहीँ छ । युनेस्कोले यो भाषालाई अमूर्त सांस्कृतिक सम्पदाको रुपमा सूचिकृत गरेको छ ।
हेरौँ यो चरीभाषामा कसरी कुरा गर्छन् त गाउँमा मान्छेहरुः
Comments
Post a Comment