खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटना



काठमाडौं, जेठ १० – ‘खनालपुर’ विमानस्थलबाट २८ यात्रु बोकेर काठमाडौंका लागि उडेको ‘नक्कली विमान’ दुर्घटनामा परेको छ ।

दुर्घटनास्थलमा दमकल र एम्बुलेन्सबाट आगो निभाउने र घाइतेको उद्धार गर्ने काम भैरहेको बताइएको छ ।साँच्चिकै दुर्घटना नभई दुर्घटना भयो भने कसरी उद्धार गर्ने भन्ने बारेको आकस्मिक अभ्यासमा पनि
विमानस्थलका कर्मचारी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन् ।

खनालपुर विमानस्थल भनेर काल्पनिक विमानस्थलको नाम दिइएको विमानस्थल कार्यालयले जनाएको छ । दुर्घटना भएमा कसरी तत्काल उद्धार गर्ने र क्षति हुनबाट जोगाउने भन्ने बारेमा अहिले अभ्यास भइरहेको हो ।

Comments