सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु

सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु
एजेन्सी : सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु ! श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ ।

सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । कहिलेकाहीँ यस्ता हुन्छ की विवाहको केही समयपछि सबै कुरा सामान्य रहेको बेला एकाएक केही उल्झन देखा पर्न थाल्दछ जसले वैवाहिक जिवनलाई नै बर्बाद बनाउने जोखिम हुन्छ ।

शायद तपाइँलाई विश्वास नलाग्न सक्छ तर कहिलेकाहीँ सुत्ने आनीबानीलाई लिएर समेत पति र पत्नी बीचमा डिभोर्सको स्थिति पैदा हुन्छ । हरेक ठाउँ आफ्ना केही नियम र शर्तहरु हुन्छन् मान्छेका ।

त्यसैले बेडरुममा पनि केही कुरामा विशेष ध्यान दिनुपर्छ । कहिलेकाहीँ अनजानमा गरिएका गल्तीहरु सम्बन्धमा भारी पर्न सक्दछन् । त्यसैले यी नियमहरु पालना गरी तपाइँले पनि आफ्नो वैवाहिक सम्बन्धलाई नयाँ रंग दिन सक्नुहुन्छ । सुत्नुअघि हरेक दम्पतिले गर्नुपर्ने ५ महत्वपूर्ण कामहरु यस प्रकार छन् ।

१. सुत्ने समय एउटै गर्नुहोस

यदि तपाइँ पति पत्नी दुबै जनाको सुत्ने समय फरक-फरक छ भने सबैभन्दा पहिले यो बानीलाई सुधार्नुस् । कोसिस गर्नुहोस् की तपाइँ दुईजना सँगै सुत्ने । दुई जनामा एकजना मस्त निदाइरहने र अर्कोले आफ्ना काम रातभर गरिरहने नहोस् ।

२. सुत्नुभन्दा १ घण्टा अघि ल्यापटप, मोबाइल तथा टेलिभिजन थन्काउनुहोस्

कोसिस गर्नुहोस्, सुत्नुभन्दा पहिले तपाइँको हातमा मोबाइल नहोस् । बेडरुममा टिभी पनि नराख्नुस् । सम्भव छ भने एउटा म्यूजिक प्लेयर राख्नुहोस् ता की रातमा मन्द स्वरको संगीतको मज्जा लिन सकियोस् । सुत्नुभन्दा अघिको समयमा ल्यापटप, मोबाइल तथा टेलिभिजनमा समय खर्चिनुको साटो पार्टनरसँग गफिएर समय काट्नु राम्रो हुन्छ ।

Comments