चेल्सीले चुम्यो फए कपको उपाधि, खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि म्यान्चेष्टर युनाइटेड पराजित,





एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै एफए कपको उपाधि चेल्सीले चुमेको छ । उसको जीतका लागी २२ औं मिनेटमा पेनाल्टीमार्फत इडेन हाजार्डले आर्कषक गोल गरेपछि सोही गोल उसको जीतका लागी निर्णायक बनेको हो ।
बेलायतको राष्ट्रिय रंगशाला विम्ब्लीमा भएको खेलको २२ औं मिनेटमा चेल्सीले पेनाल्टी पायो ।

पेनाल्टीलाई इडेन हाजार्डले गोलमा परिणत गर्दै चेल्सीलई अग्रता दिलाएपछि खेल रोचक मोडमा पुग्यो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिए पनि म्यान्चेष्टर युनाइटेडले कुनै गोल गर्न सकेन । पटक पटक आएका गोल गर्ने अवसरहरुलाई उसले धेरै पटक गुमायो ।

Comments