अब रोजगारीका लागि नेपाली मलेसिया जान नपाउने भएका छन् । सरकारले मलेसियामा रोजगारीको लागि कामदार जाने प्रकृया स्थगन गरेपछि नेपाल कामदार मलेसिया जान नपाउने भएका हुन् । मलेसियाको सरकारमाथि दबाव सिर्जना गर्न सरकारले यस्तो रणनीति अख्तियार गरेको हो । पूर्व श्रम स्वीकृति समेत रोकेर सरकारले विभिन्न संयन्त्रमार्फत मलेसिया जाने कामदारबाट भईरहेको असुली रोक्ने संयन्त्र हटाउने तयारी गरीरहेको छ ।
सरकारको निर्णय अनुसार अब भिसा लागिसकेका बाहेक कामदार तत्कालै मलेसियामा जान पाउने छैनन् । मलेसियाको नयाँ सरकारले यस विषयमा औपचारिक प्रतिक्रिया जनाएको पनि छैन । त्यसका लागि उसले कामदारलाई भिसा दिने प्रक्रिया नै बन्द गरिदिएको छ । यसैको प्रतिक्रिया स्वरुप नेपाल सरकारले पनि मलेसियाबाट आउने मागपत्रमा पूर्व श्रम स्वीकृति दिन रोकेको छ ।
पूर्व स्वीकृति रोकिएपछि ब मलेसिया जाने कामदारमाथि भइरहेको अन्याय हटाउन मलेसियाको सरकारमाथि नैतिक दाबव पर्ने विश्वास श्रम तथा रोजगार मन्त्रालयको छ । मलेसियाको नयाँ सरकारले यहाँ विभिन्न नाममा कामदारसँग रकम असुल्ने गरी खडा गरिएका संयनत्र हटाउने निर्णय कहिले गर्छ भन्ने टुंगो छैन ।
मलेसियाको नेपालमा रहेको दूतावासले भने नेपालले अवैध घोषणा गरेर मलेसिया सरकारका तर्फबाट खडा गरिएका संयन्त्रमाथि थालेको छानविनमा सघाउने बताएको छ । योसँगै वार कि पारको ‘लडाइँ’ सुरू भएको छ । मन्त्रालयले जानकारी दिएको छ ।
श्रममन्त्री गोकर्ण बिष्ट यो नहटेसम्म कामदार मलेसिया पठाउन बन्द गर्ने मनस्थितिमा पुगेका छन् । युवालाई रोजगारीका लागि जाँदा नै ऋणको भारी बोक्नुपर्ने गरी अवैध रुपमा भइरहेको असुलीलाई वैधानिकता दिन नसकिने बिष्टको भनाइ छ ।
Comments
Post a Comment