काठमाडौँ । कक्षा १० मा अध्ययनरत नायिका करिश्मा मानन्धर सुन्दरता र उनको कामले सदावहार रुपमा चर्चामा आइरहने कलाकार हुन् । एक मात्र छोरी कविता २१ वर्षकी हुँदा पनि करिश्मा अहिले पनि उस्तै जवान र सुन्दर देखिन्छिन् । हिजोआज करिश्माकी छोरी कवितालाई उनको सुन्दरतासँग दाँजेर आमा जत्तिकी राम्री होइन लगायतका कमेन्टहरु आएपछि उनी दुखी बनेकी छिन् ।
अमेरिकामा बसेर स्नातक तहमा अध्ययनरत कविता केही महिनादेखि नेपालमा भएको र आँफुलाई छोरीको निकै माया लाग्ने भएका कारण कसैले गरेको नारम्रो प्रतिक्रिया सहन सक्ने क्षमता आँफुमा नभउको उनी बताउँछिन् । भन्छिन् ‘विचरा मलाई कबुको माया लाग्छ, यस्ता कमेन्टहरु पढ्दा उनलाई नराम्रो लाग्दो हो,’ करिश्मा भन्छिन्, ‘मेरो सुन्दरताको प्रशंसा गर्दा त म खुशी हुन्छु, तर मसँग तुलना गरेर छोरीलाई अनेक थोक भन्दा चित्त दुख्छ ।’ यसैबिच करिश्माकी छोरी कविता ‘एउटा यस्तो प्रेमकहानी’ बोलको फिल्मबाट डेब्यू गर्ने तयारीमा रहेकी छिन् ।
Comments
Post a Comment