करीब चार महिनादेखि अस्वस्थ राष्ट्रकवि माधवप्रसाद घिमिरेको रोग पहिचानका लागि बुधबार दिल्ली लगिएको छ।
उनको शरीरको कुन भागबाट आन्तरिक रक्तश्राप भइरहेको छ भन्ने पहिचान गर्न उनलाई दिल्लीको मेदान्त अस्पतालमा लगिएको हो।
निन्द्रा नलाग्ने, कमजोरी महशुस हुने जस्ता समस्या झेलिरहेका राष्ट्रकवि घिमिरेलाई १३ दिन उपचार गराइरहेको धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालबाट चिकित्सकको टोली र आफन्त सहित दिल्ली लगिएको हो ।
राष्ट्रकवि माव घिमिरेलाई रोग पहिचानका लागि बुधबार दिल्ली लैजाँदै। उनी ग्रण्डी अस्पतालमा उपचाररत थिए। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्चार
राष्ट्रकवि घिमिरेका साथमा छाउनीस्थित विरेन्द्र सैनिक अस्पतालका डा. शिवजी शिलवाल सहित परिवारका सदस्य दिल्ली प्रस्थान गरेका हुन।
राष्ट्रकवि घिमिरे विरामीको भएको थाहा पाएपछि तीन दिन अघि प्रधानमन्त्री केपी ओलीले अस्पतालमा पुगेर उनलाई भेटेर उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिवद्धता जनाएका थिए।
त्यो बेला राष्ट्रकवि घिमिरेले अवको पाँच महिनामा आफु सय वर्ष पुग्ने र त्यतिञ्जेल आफ्नो माहाकाव्य सक्ने चाहना भएको प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।
स्रोत : देश संचार
Comments
Post a Comment