साप्ताहिक राशी (जेठ १२ गते देखि १८ गतेसम्म)
–ज्योतिष,पंडित वेदनिधि तिमिल्सिना फोनः– ९८५६०२६३९७
मेष

मेषः– सोमबार सम्म समय अनुकुल जस्तै देखिन्छ । शिक्षण पेशा,न्यायिक क्षेत्र,विज्ञापन तथा प्रशासनिक क्षेत्रमा लाग्नेका लागि विशेष राम्रो देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ भने साताका अन्य दिन प्रतिकुल देखिन्छ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य विग्रिन सक्छन् । पारिवारिक समस्या बढ्ने छन् । विश्वास गरेकाले धोका दिन सक्छन् । आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चमा तिव्रता आउनेछ ।
बृष

वृषः–बुधबारसम्म समयले साथ दिनेछ । कार्य व्यस्तता बढ्नेछ । जीवन साथीको सहयोगमा काम बन्ने छन् । पुराना समस्या समाधान भएर जानेछन् । अरुको भर नपरि थोरै प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । फलदायी यात्राको सम्भावना पनि देखिन्छ । साताका अन्तिम दुई दिन भने प्रतिकुल देखिन्छ । आर्थिक कारोवारमा ध्यान दिनु होला । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । आहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ ।
मिथुन

मिथुनः– दुविधामा नपरि लगनशिल भई कर्म क्षेत्रमा लाग्नु होला,साता उपलब्धि पूर्ण रहनेछ । शत्रु सानो नसम्झि काम गर्नु होला । प्रयत्न गर्न नछोड्नु होला । वादविवाद तथा मुद्धा मामिलामा जीत हात लाग्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर अग्नि तत्व प्रधान कार्यबाट भने लाभ लिन सकिने छैन । यात्राको सम्भावना देखिन्छ । अरुबाट सहयोगको अपेक्षा कम राख्नु होला । आर्थिक संरचनालाई नचलाई काम गर्नु होला । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । साझेदारी काम नगर्नु होला ।
कर्कट

कर्कटः– आफुले सोचे जस्ता साता रहने छैन । बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । पारिवारिक समस्या बढ्न सक्छन् । मानसिक चिन्ता बढ्नेछ । आफ्नै कारण काम काजमा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने छन् । समस्याको घेराबाट बाहिर जान पाईने छै्रन । अतिथि सत्कारमा समय र धन खर्च हुनेछ ।व्यापार व्यवसायबाट लगानी अनुसारको प्रतिफल पाईने छैन । साझेदारी काममा हात नहाल्नु होला । मुद्धा मामिला पर्न सक्छ पछि नहट्नु होला जीत हुनेछ । साताको अन्त्यतिर मेहनत गरेमा केहि उपलब्धि हात लाग्नेछ ।
सिंह

सिंहः– १४ गते साँझ सम्म समय अनुकुल जस्तै देखिन्छ ।उद्योग,पराक्रम बढ्नेछ । अवरुद्ध काम आफ्नै पहलमा सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अग्नि तत्व प्रधान कार्यबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा सुधार आउनेछ । इष्टमित्र साथ भाईबाट सहयोग सहानुभूति मिल्नेछ । उप्रान्त समयले साथ कम दिनेछ । समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । पारिवारिक समस्या बढ्नेछन् । कार्य शिथिलता बढ्नेछ । सुख,शान्तिमा कमि आउनेछ । खर्च बढ्नेछ ।
कन्या

कन्याः– बुधबार सम्म समय अनुकुल रहनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला,आफ्नै संलग्नतामा धेरै काम सम्पन्न हुनेछन् । आन्तरिक व्यवस्थापन राम्रो गर्न सके व्यापार व्यवसायबाट आसा गरे भन्दा बढि लाभ लिन सकिनेछ । वैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । राज्य सँग सम्बन्धित काम अधुरा रहने छन् । विहिबार र शुक्रबार भने त्यति अनुकुल देखिन्न । घरयासी समस्या बढ्ने छन् । विश्वास गरेकाले धोका दिने छन् । भावावेगमा आएर कुनै निर्णय नलिनु होला पछि पश्चताप हुनेछ ।
तुला

तुलाः–आर्थिक कुरामा ध्यान दिन सके साता उपलब्धिपूर्ण रहनेछ । अधुरा कार्य सम्पादन हुनेछन् । प्रयत्नबाट नयाँ काम हात पर्नेछ । योजना बनाएर काम गर्न सके अज साता उत्तम देखिन्छ । सामाजिक काममा चासो बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आध्यात्मिक चिन्तन बढ्नेछ । शैक्षिक तथा भौतिक क्षेत्रमा प्रगति हुनेछ । न्यायिक कार्यबाट लाभान्वित हुनुहुनेछ । सहयोगी भने कम भेटिने छन् । वैदेशिक क्षेत्रमा आँशिक सफलता मिल्नेछ । राज्यसँग सम्बन्धित काममा झमेला बढि हुनेछ,दुख पाईनेछ ।
बृश्चिक

वृश्चिकः–सोमबार साँझसम्म उपलब्धिका दृष्टिकोणबाट समय अनुकुल देखिदैन । घुमाई फिराई बढि हुनेछ । अतिथि स्वागत सत्कारमा समय र धन खर्च हुनेछ । बाह्य सम्बन्ध भने सुदृढ हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । मंगलबारबाट भने समयले साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य क्षमता,काम गर्ने उत्साहा बढ्नेछ । व्यापार व्यवसायमा उन्नति प्रगती हुनेछ ।सहयोगी हात भेटिने छन् ।उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । थोरै प्रयत्न गर्न सके नयाँ काम मिल्नेछ ।
धनु

धनुः– साताको सुरु र अन्त्य समय अत्यन्त उत्तम देखिन्छ । उत्साहा,कार्य क्षमता र लगनसिलता बढ्नेछ । समयमा गरेका कामले फाइदा आफुलाई घाटा अरुलाई हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा सुधार आउनेछ । नोकरी तथा राजनीतिबाट लाभान्वित हुनुहुनेछ ।मंगलबार र बुधबार प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । मनमा शान्ति मिल्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ ।
मकर

मकरः– बुधवार सम्म समयले पूर्ण साथ दिनेछ । सामाजिक काम गर्दा इज्जत प्रतिष्ठा बढ्नेछ । अपुरा अधुरा काम सम्पादन हुनेछन् । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । गरेका काम अरुका लागि उदाहरणीय हुनेछन् । नोकरी तथा राजनीतिमा सम्मानजनक ठाँउ मिल्नेछ । विरोधी कमजोर बन्नेछन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ तर बचत गर्न भने गाह्रो हुनेछ । विहिबारबाट समयले कम साथ दिनेछ । फजुल खर्च बढ्नेछ । साझेदारी काममा हात नहाल्नु होला विवाद बढ्न सक्छ । धोका दिनेछन् ।
कुम्भ

कुम्भः–समग्रमा साता ठीकै देखिन्छ । आध्यात्मिक चिन्तन बढ्नेछ । पढाई लेखाईमा ध्यान जानेछ । कर्म क्षेत्रबाट बाहिर नजानु होला । थोरै लगनशिलता बढाउनु होला अधुरा काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ तर अग्नि तत्व प्रधान कामबाट भने लाभ लिन सकिने छैन । सहयोगी कमै भेटिने छन् । आम्दानी खर्चको सन्तुलन मिल्नेछ । जोखिमपूर्ण क्षेत्रमा लगानी नबढाउनु होला । भाई बन्धुबाट असहयोग हुन सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला । भूमिमा गरेको लगानीबाट उचित फल मिल्ने छैन ।
मीन

मिनः– सोमबारसम्म समय नकरात्मक देखिन्छ । विभिन्न खालका दुख,कष्ट झेल्नु पर्नेछ । काम गरेर फाइदा लिन सकिने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा आएको मन्दि कायम रहनेछ । अनावस्यक विषय बस्तुमा टाउको दुखाउनु पर्ला ।मंगलबार देखि समयमा क्रमिक सुधार आउनेछ । काममा देखिएका अवरोधहरु हटेर जानेछन् । मानसिक तनावमा कमि आउनेछ । चिन्तन मन बढि हुनेछ । विहिवार र शुक्रबार अनुकुल देखिन्छ । रोकिएका काम अगाडि बढ्ने छन् । कुटनैतिक तथा एजेन्सिका कामबाट लाभ लिन सकिनेछ ।
Comments
Post a Comment