मामिलाको जाँचमा लागेका सुरक्षा विज्ञहरुको टोलीले विमानका पाइलटले त्यसलाई जानीजानी नै दुर्घटना गराएको दावी गरेका छन्। विज्ञहरुको टोलीले उक्त विमानको खोजमा आफ्नो जीवनका दुई वर्ष लगातार बिताएका एक व्यक्तिलाई पनि समावेश गरेका छन्।
सन् २०१४ मार्च ८ मा क्वालालम्पुरबाट बेइजिङतर्फ गइरहेको मलेसियन एयरलाइन्सको उक्त विमान बीच मार्गबाट बेपत्ता भएको थियो। विमानमा २ सय ३९ यात्रु थिए। उक्त विमान खोज्नमा करिब १७ करोड रुपियाँ खर्च गरिसकेको छ। तर अहिलेसम्म पनि यसको कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन। विमानका केही अवशेष भने हिन्द महासागरमा फेला परेका थिए।

यस जाँचको प्रमुख मार्टिन डोलन हुन्। उनले यो घटना सबै सुनियोजित षड्यन्त्रका रूपमा पुरै योजनाबद्ध तरिकाबाट भएको बताएका छन्। विज्ञहरुका अनुसार उक्त उडानका पाइलट क्याप्टेन ५३ वर्षीय जाहरेले जानीजानी आफूसँग त्यस्तो को–पाइलटलाई साथमा लगेका थिए, जोसँग दुई इन्जिनका ठूला विमान अर्थात् बोइंग ७७७ उडाएको कुनै अनुभव थिएन। पाइलट जाहरेले उडान सप्mटवेयरलाई बिगारेर त्यसलाई गलत मार्गमा लगेको प्रष्ट हुने प्रमाण आफूसँग रहेको डोलनले बताए। उनले भने– ‘यदि मैले विमानलाई आत्महत्याको प्रयोजनमा प्रयोग गर्ने हो भने म पनि त्यस्तै गर्थेँ।’
क्यानाडाका हवाई दुर्घटना अनुसन्धानकर्ताले भने जाहरे उडान दुर्घटना ग्रष्त हुनु अगाडि विमानबाट बाहिर निस्केको हुन सक्ने आशंका व्यक्त गरेका छन्। उनका अनुसार जाहरेले विमान दुर्घटनाग्रष्त गर्न जानीजानी त्यस्तो ठाउँमा लगे, जहाँ हावाको दबाब कम थियो। त्यहाँ पुगेपछि उनले अक्सिजन मास्क लगाएको तर बाँकी यात्रुहरु बेहोस भएको हुन सक्ने उनले बताए। जाहरेले त्यस्तो आत्मघाती काम किन गर्यो भन्ने विषयमा विज्ञहरुले अहिलेसम्म केही भनेका छैनन्। यद्यपि उनले कुनै आतंककारी षड्यन्त्र हुन सक्ने सम्भावनालाई अस्वीकार गरेका छन्। यदि त्यस्तो हो भने अहिलेसमम कुनै न कुनै संगठनले यसको जिम्मेवारी लिइसकेको हुने उनले बताए। याे खबर अाजकाे नेपाल समाचारपत्रले छापेकाे छ ।
Comments
Post a Comment