काठमाडौं । भारतीय सरकारद्वारा सञ्चालित सञ्चालित भारतीय रेल सेवाले अब यात्रुहरुलाई कण्डम र महिलाले प्रयोग गर्ने सेनिटरी प्याड वितरण गर्ने भएको छ ।
देशैभरि रहेका रेल चढ्ने स्थान, रेल वे स्टेशनबाट परिवार नियोजनको अस्थायी साधन कण्डम र प्याड बाँड्ने निर्णय भएको भारतीय अधिकारीलाई उद्धृत गर्दै शनिबार भारतीय मिडियाले जनाएको छ ।
द्रूत गतिमा बढिरहेको एचआइभी एड्सको संक्रामक अवस्था लाई नियन्त्रण गर्न भारत सरकारले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम र महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्न लागेको हो ।
भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्व मै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ। भारतमा दैनिक दुई करोड तीस लाख यात्रुले रेल सेवा प्रयोग गर्छन् ।
Comments
Post a Comment