काठमाडौँ । पायल्सका कारण मानिसहरुले धेरै दुःख पाउने गरेका छन् । पायल्सका विरामीले खानेकुरामा ध्यान दिए यसबाट राहत पाउन सक्छन् । पायल्य हुँदा के खाने ? के नखाने ? र कति बेला के खाने भन्ने कुरा जान्न आवश्यक छ । यसबाट पायल्य छिटो र प्रभावकारी रुपमा ठीक हुन मद्यत मिल्छ ।
– प्रशस्त पानी पिउने (१ घण्टामा १ गिलास)। – हरियो सागपात काँचै खाने, फलफूलको जूस तथा फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने । – दैनिक ४५ मिनेटदेखि १ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योग–आसन, रिड व्यायाम, एरोबिक व्यायाम आदि । – हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने (एनिमा लिने) र कब्जियत हुन नदिने । – शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने । – चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । – शौचालय गईसकेपछि वा सुत्नु अघि तोरी/जैतुनको तेल गुहद्वारमा लगाउने । – धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती, जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ? – गहुँको चोकरसहितको रोटी – जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला – गाजर, पालुँगो, मुला, करेलाको रस – धनियाका रसमा मिस्रि मिलाएर खाने – पानी धेरै पिउने –हरियो सागसब्जी/सलाद आदि खाने ।
के नखाने ? –तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि ।
पायल्समा भोजन एंव पोषण तालिकाः
बिहान ५.३० बजे : पानी २ गिलास तथा २/३ लसुनको केशरा खाने
७.०० बजे : मुनक्का या छोहरा ५० ग्राम (७ छण्टा पानीमा भिजाएर)
१०-११ बजे : रातो चामलको भात १०० ग्राम
– दाल १० ग्राम (अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो)
– तरकारी ३०० ग्राम जस्तै : सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने ।
– सलाद २०० ग्राम जस्तै : काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
दिउँसो ३.०० बजे : कुनै एक
– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फपर, कोदो, मकैको रोटी पनि खान सकिन्छ )
– हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै
– फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक
बेलुका ८.०० बजे : गहुँको सुख्खा रोटी २, ३ वटा
– तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने) – पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने – हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने – खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने – रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौँ । खानामा रोटी, भातको मात्रा २०–४० % र हरियो सागसब्जी/सुपको मात्रा ६०–८० % हुनु जरुरी छ ।
(डा. यञ्जन गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन्)
Comments
Post a Comment