तर सर्वाेच्च अदालतले भने काँग्रेसको उक्त रिट खारेज गर्दै भारतीय जनता पार्टीलाई नै यहाँ सरकार निर्माणका लागि अनुमति दिएको हो।
हालै सम्पन्न भएको दक्षिण भारतीय राज्य कर्नाटकको विधान सभाको निर्वाचनमा पनि काँग्रेसले आफ्नो पूर्व अवस्था गुमाएको छ। उसले यसअघि १२२ स्थानमा बिजय हासिल गरेकोमा त्यसमा ह्रास आई अहिले भने जम्मा ७८ मा सीमीत भएको थियो।

उक्त राज्यमा जम्मा २२४ स्थान रहेका थिए। तर सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी नै हो। उसले १०४ स्थानमा विजय हासिल गरेको छ।
सरकार निर्माणका लागि भने ११३ सिट चहिन्छ। आवश्यक बहुमत प्राप्त नभएपछि भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय काँग्रेसले नै सरकार निर्माणका लागि दाबी गरेका थिए।

भारतीय जनता पार्टीले सरकार निर्माण गर्ने निश्चित भएसँगै सपथ ग्रहण समेत भइसकेको छ। तर पनि उसका सामु आगामी १५ दिनभित्रमा विश्वासको मत लिने प्रावधान रहेको छ र त्यो भने चुनौतीपूर्ण रहेको बताइन्छ।
भाजपाले साँसद किन्यो–काँग्रेस
भाजपाले साँसद किन्यो–काँग्रेस
उता भारतीय राष्ट्रिय काँग्रेसले भने कर्नाटकमा भारतीय जनता पार्टीले काँग्रेसका साँसद किनेर सरकार बनाएको भन्दै त्यसको विरोध गरेको छ।
आफ्नो पार्टीमा फुट ल्याएर र आफ्नो पार्टीका साँसद किनेर भारतीय जनता पार्टीले सरकार निर्माण गरेको भन्दै काँग्रेसले आरोप लगाएको छ।
तर सो आरोप भारतीय जनता पार्टीले भने स्वीकार गरेको छैन। यसलाई भाजपाले भने निराधार आरोप भनेको छ। काँग्रेसले भाजपाले प्रत्येक साँसदलाई डेढ करोड भारतीय रुपैयाँ पैसा दिएर उसले सरकार बनाएको आरोप लगाएको छ।

त्यहाँ भारतीय काँग्रेसले भने तेस्रो ठूलो दल जनता दल सेक्युलरसँग मिलेर सरकार बनाउने र मुख्यमन्त्री पनि सोही दललाई दिने सहमति गरेको थियो। तर पनि उसको दलका सदस्यहरुले नै भारतीय जनता पार्टीले किनिदिएको आरोप लगाएको थियो। उक्त दलले यहाँ ३७ स्थानमा विजय हासिल गरेको थियो। सो दललाई मुख्यमन्त्रीमा काँग्रेसले सहमति दिएको थियो।
‘प्रजातन्त्रको हत्या भयो’
यसैबीच भारतीय काँग्रेसले यस घटनालाई प्रजातन्त्रको हत्याको संज्ञा दिएको छ। बिहीबार बिहान ९ बजेका लागि सरकारको सपथ कार्यक्रम राखिएको थियो। सोही कारण काँग्रेसले राति नै अदालतमा रिट हालेको थियो । राति १२ बजे रिट हालेको र तत्कालै सुनुवाई सुरु भएको थियो।
अदालतमा राति ३ बजेसम्म अर्थात तीन घन्टासम्म सुनुवाई भएको थियो। तीन घन्टा निरन्तर लामो सुनुवाई पछि फैसला भने भाजपाकै पक्षमा भएको थियो।

यस घटनालाई काँग्रेसले प्रजातन्त्रमाथिको हत्याको संज्ञा दिएको छ। उसले भनेको छ– यस्तो हत्या अदालतबाटै भएको छ । रातारात अदालतले गरेको फैसलाले देशमा प्रजातन्त्रकै हत्या गरेको छ। (रासस/एएफपी)
Comments
Post a Comment