प्रतिनिधीसभामा गच्छदार र योगेश भट्टराई


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बिजय कुमार गच्छदारले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको बताउनुभएको छ ।

शुक्रबार प्रतिनिधीसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उहाँले बेग्लै राजनीतिक परिर्वनत पछि, आमुल परिर्वतन पछि आएको बनेको सरकार र त्यसले लिएको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको बताउनुभएको हो । सरकारले राज्यलाई कसरी हाँक्न खोजेको छ भन्ने प्रतिवद्धता नीति तथा कार्यक्रममा आउनुपर्ने तर्क उहाँको थियो । राजनीतिक दृष्टिकोणबाट निती तथा कार्यक्रम चुकेको दाबी उहाँले गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले रचनात्मक भुमिका निर्वाह गर्न प्रतिपक्षी दललाई सुझाव दिनुभएको छ । लामो समय देखिको संघर्ष र बलिदानको जगमा निर्माण भएको संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उमुख भावि सम्वृद्ध नेपालको मार्गचित्र सरकारको नीति तथा कार्यक्रमले दिएको भन्दै उहाँले बासी र पुराना प्रश्न गरेर सरकारलाई अलमलमा नपार्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “आफ्नै मनको बाघले लखेटिएको वर्तमान प्रतिपक्षी आफै भय, त्रास अन्योल , अनिश्चय र द्धविधाको सिकार बनेको जस्तो लाग्दछ । ऊ आफ्नै इतिहासको गहुँगो भारीले थिचिएको जस्तो लाग्छ ।

प्रतिपक्षीका माननिय ज्युहरुको अभिव्यक्ति बासी प्रश्नको पुलिन्दा जस्ता छन् । समयले र समाजले ताजा प्रश्न खोजेको छ । र ताजा उत्तर पनि खोजेको छ । बासी र पुराना प्रश्नमा अलमल्याएर सक्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षीका माननिय सदस्यहरुलाई अनुरोध गर्दछु । वर्तमान सरकारले लोकतन्त्रलाई पद्धती मात्रै नभई संस्कृतिको रुपमा अवलम्बन गर्दै आएकोे स्पमरण गराउदै २०४८ सालको संसदमा जस्तो वर्तमान समयमा प्रतिपक्षले उपेक्षा र निषेधको अनुभव गर्नुनपर्ने स्पष्ट पार्नुभयो । तात्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीमाथि गरिएको अमानविय र संवेदनहीन व्यवहार वर्तमान संसदमा पुनरावृति हुन नदिने भन्दै उहाँले प्रतिपक्षीलाई पनि रचनात्मक भुमिका निर्वाहमा सक्रिय बन्न सुझाव दिनुभयो ।

उहाँले वर्तमान सरकारले नेपाली राष्ट्रवाद कुर्ची अनुसार बदलिदैन, अवस्था र स्थिति अनुसार बदलिदैन भन्ने मानक स्थापना गर्ने दाबी गर्नुभयो । नीति तथा कार्यक्रमका बारेमा सपना धेरै भन्ने टिप्पणी भईरहेको तर्फ लक्षित गर्दे उहाँले सपना ज्युँदा मान्छेले देख्ने र ज्युँदा मान्छेको ज्युँदो सरकार भएकाले धेरै सपना देखेको स्पष्ट पार्नुभयो ।

Comments