यी हुन् ३८ क्वीन्टल सुन तस्करीका नाइके गोरे, खुलाए थप रहस्य



काठमाडौं- शनम शाक्य हत्या प्रकरणसँगै खुलेको ३८ सय केजी सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रती गोरेलाई आज प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनलाई सार्वजनिक गरिएको हो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइने भएको छ।

गोरेबाट थप सुन तस्करीका थप रहस्य खुलेको गृह मन्त्रालयका छानबिन समितिका संयोजक ईश्वरराज पौडेलले बताए। आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट उनलाई पक्राउ गरिएको छानबिन समितिले जनाएको छ।

उनको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएको थियो। विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।

गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर शनम शाक्यको हत्या गरेको अभियोग लागेको। शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।
यो पनि-राजनीतिभारतबाट होइन, काठमाडौंबाटै पक्राउ परेका थिए गोरे:
काठमाडौं, ८ जेठ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरेलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

उनलाई राजधानीको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको मंगलबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न गठित छानविन समितिका संयोजक एवं गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले गोरे काठमाडौं आएको भन्ने विशेष सूचनाका आधारमा मंगलबार बिहान ५:३४ बजे उसकै घर रहेको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए ।

गोरे काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विशेष टोली ३ दिनअघिदेखि नै खटिएको उनले बताए ।

सुनतस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त रहेकाले गोरेलाई तत्काल विराटनगर चलान गरी अदालतमा पेश गरिने पौडेलले जानकारी दिए ।

प्रहरीले गोरेको साथबाट थप प्रमाण र सूचनाहरू पनि प्राप्त गरेको जनाएको छ ।
साथै यो पनि-के हो साढे ३३ किलो सुनकाण्ड ?

माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको गाइगुइ चलेको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा पूर्व डिअार्इजी गोविन्द निरौला, महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसीसहित ७ प्रहरी अधिकारी पक्राउ परेका छन् ।

एसएसपी श्याम खत्री अझै फरार छन् । घटनामा संलग्न ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता भएको छ । यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस जारी छ ।

घटनाको अनुसन्धान गर्न सरकारले गृहमन्त्रालयका सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो ।

भारतको भगौडा आर्मीदेखि सुन तस्करीसम्म

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले चिनिने उनलाई ‘गोल्ड डन’ पनि भन्ने गरिन्छ ।

प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए । यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

उनी मध्यम वर्गीय परिवारमा हुर्किएका थिए । नेपाल प्रहरीका पूर्व प्रहरी सहायक निरीक्षकका छोरा उप्रेतीले भारतीय सेनामा जागिर खाने प्रयास पनि गरेको थिए । तर, त्यहाँ पुगेर सेनाको तालिम लिएको केही समयमै उनी भागेका थिए ।

त्यहाँबाट भागेर उनी दूबई पुगेका थिए । त्यहाँ पनि उनले दूबई प्रहरीमा पनि जागिर खाए । स्वदेशमा छँदा मोरङ-११ फुटबल क्लबमा समेत आबद्ध उनको जीवनमा दूबई गएपछि भने एकाएक परिवर्तन आएको थियो ।

उनी निकट उर्लाबारीका एक व्यवसायी भन्छन्, ‘दूबई गएपछि एकाएक आर्थिक हैसियत फेरियो ।’

दूबई प्रहरीमा काम गर्दा नै उनले सुन तस्करी उपायको बारेमा जानकारी लिएको देखिन्छ । त्यसपछि दूबई प्रहरीको जागिर छाडेर तस्करीलाई धन्दा बनाएका थिए ।

जसलाई सफल बनाउन उनले प्रहरी अधिकारीसँग सम्बन्ध बढाए । दूबईमा प्रहरीको जागिर छाडेपछि निरन्तर नेपाल आउजाउ गर्न थाले ।

नेपालमा रहेका वेला उर्लाबारीका प्रतिष्ठित भनिएकाहरुसँग ‘मन्डे होटल’ मा दिनहुँ पार्टी चल्ने गरेको थियो । ‘उसले हाम्रो लागि प्रायः एउटा कोठा रिजर्भ गर्ने गरेको थियो’, स्रोतले भनेको छ, ‘उनले कतिपयलाई स्कोर्पियो गाडीमा दिएका थिए ।’

देखिने गरी उनको उर्लाबारीमा डेढ विगा जग्गा र दुई तले पक्की घर बनाएका थिए । काठमाडौंको गोेरीघाटमा पनि आलिसान बंगला ठड्याएका उनले बानेश्वरमा दुई वटा कोठा भाडामा लिएर सुन स्टोर गर्ने गोदाम बनाएका थिए ।

हाल उनका भाइ र श्रीमति दुवै यूएईमा छन् । उनका परिवारका अधिकांश सदस्य उर्लाबारीबाट हिँडिसकेका छन् ।

Comments