जनकपुर उपमहानगरपालिका(१५ का रूपनारायण साहका १५ वर्षीय छोरा धिरेन्द्र साहले आइतबार बिहान आत्महत्या गरेका हुन्
होस्टलमै बस्दै आएका धीरेन्द्र कोठामै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनले आत्माहत्या गर्नुअघि सुसाइड नोट लेखेको फेला परेको छ ।अंग्रेजीमा लेखिएको सुसाइड नोटमा उनले आफ्नै व्यक्तिगत कारणले मर्न लागेको उल्लेख गरेका छन् । उनले सुसाइड नोटमा लेखेका छन् । ‘मन मर्न गइरहेको छु, यसको कुनै कारण छैन, यो मेरो व्यक्तिगत समस्या हो, कृपया म कुनै केटीको लागि मरेको भनेर नसोच्नु’
सुसाइड नोट तल उनले हस्ताक्षर पनि गरेका छन्।
मृतक शाहको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लैजाने तयारी गरिएको छ ।
उनको शोकमा जनकपुरका अधिकांश नीजि विद्यालयमा छुट्टि दिइएको छ ।
Comments
Post a Comment