
एजेन्सी, मानिसहरु रुचिकै कारण मानिसले विभिन्न काममा हात हाल्ने गर्दछन् । केहि मानिसले आफ्नो शोख पुरा गर्न बिभिन्न खाले वस्तुको संकलन गर्ने गर्दछन भने कतिपाए मानिसहरुको अनौठो शोख पाल्ने गर्दछ यस्तै आफ्नो शोख पुरा गर्न अमेरिकाको कोलोराडमा जन्मिएका मेल बर्न्स्टिनले अलग-अलग किसिमका हतियार संकलन गरेर राख्ने गर्दछन । हतियार राख्नु गैर कानुनी कुरा भएपनि संसारमै सबैभन्दा धेरै हतियार संकलन गरिसकेका छन् उनले ।एउटा पुरा देशसँग नहुने हतियार उनी सगँ छ मेल बर्न्स्टिनले हतियारलाई सजाएर एउटा संग्राहलय नै तयार गरेका छन्, उनले सकंलन गरेको हतियार हेर्नको लागी प्रत्येक वर्ष हजारौ मानिसहरु जाने गर्दछन् । उनी सगँ १० मिलियन डलर भन्दा बढी पर्ने पेस्तोलदेखि ट्यांकसम्मका हतियार संग्राहलयमा संग्रहित छन् । उनीले आफु सुत्ने सिरानीमा समेत हतियारका सजाएर राख्ने गर्दछन् ।
Comments
Post a Comment