समुन्द्रमा जहाजले बाटो बिराउँदा ‘पानीपानी’ भन्दै चिच्याएरै ज्यान गयो नेपाली चेली सुमित्राको, अमेरिका जाने सपनाले सँधैका लागी लग्यो
९ महिनाभन्दा धेरै समय विभिन्न देशमा सास्ती खेप्दै बल्लतल्ल फर्केका ती युवतीले ६० लाख रुपैयाँभन्दा बढी गुमाएका छन्।उनीहरूले आफ्नो परिचय सार्वजनिक गर्न हिच्किचाए । ऋण काढेर अमेरिका हिँडेका ती दुवैले आफू ठगिएको कथा सार्वजनिक भए पारिवारिक र सामाजिक सम्बन्धमा समस्या आउने भन्दै नाम नछापिदिन आग्रह गरे।आफूलाई अमेरिका लैजान फकाउने र लाखौं रकम बुझ्ने मानव तस्करबारे पनि उनीहरू खुल्न चाहँदैनन् । प्रहरीको सहयोग लिने पनि तत्काल योजना छैन । ‘फसेको पैसा सकेसम्म आफैं उठाउने प्रयासमा छौं,’ एक युवतीले भनिन्, ‘यो घटना घरपरिवारले थाहा नपाऊन् भनेर प्रहरी नगुहारेका हौं।’ सुमित्राका श्रीमान् कैलाश कटुवालले उनको मृत्युको १५ दिनपछि मात्र घटनाबारे परराष्ट्र मन्त्रालयको कन्सुलर विभागबाट थाहा पाएको बताए । ‘कन्सुलरले मृत्युको जानकारी गराएपछि कुशको शव बनाएर पशुपति आर्यघाटमा दाहसंस्कार गरें,’ उनले भने।
Comments
Post a Comment