करेन्ट लागेर घाँस काट्न गएका दुई युवतीको ज्यान गयो

करेन्ट लागेर घाँस काट्न गएका दुई युवतीको ज्यान गयो,बागलुङमा विद्युत पोलमा प्रवाह भएको करेन्ट लागेर घाँस काट्न गएका दुई जना युवतीको ज्यान गएको छ । ज्यान जानेमा काठेखोला गाउँपालिका–६ का २३ वर्षीया गुमा कंडेल र २० वर्षीया
मिना कंडेल रहेको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न गएका उनीहरुले विजुलीको फलामे पोललाइ छुन पुग्दा करेन्ट लागेको थियो । ‘एउटालाई करेन्ट लागेपछि अर्को बचाउन जान खोज्दा
दुवैको ज्यान गएको बताइएको छ ।प्रहरीका अनुसार ‘तार बाँध्ने माटोको इन्सुलेटरबाट फलामे पोलमा करेन्ट प्रवाह भएको देखिन्छ’ OSnepal

Comments