आइपिएल : विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर राजस्थान रोयल्ससँग पराजित



एजेन्सी । भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा रहेको चर्चित टिम रोयल च्यालेन्जर्स बेंग्लोर आईपीएल क्रिकेटको यो सिजनबाट बाहिरिएको छ । प्लेअफको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेलमा राजस्थान रोयल्ससँग ३० रनले हारेपछि बेग्लोर प्लेअफमा नपुगी बाहिरिएको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले खेल सकिन ४ बल बाँकी हुँदा १ सय ३४ रनमा अलआउट भएको हो ।

यो पराजयसँग बैंलोर १४ खेलबाट १२ अंकमा लिग सकाएको छ।यस्तै बैंलोरलाई हराएको राजस्थान १४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। अब उसले प्ले अफका लागि आज हुने मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स तथा किङ्स इलाभेन पञ्जाब र चेन्नई सुपरकिङ्सबीचको खेललाई पर्खनुपर्नेछ। निकै नै रोमाञ्चक बनेको खेलमा बेग्लोरका ए बी डी भिलियर्सले ५३ र पार्थिब पटेलले ३३ रन बनाएपनि अरु खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा टीमले महंगो हार ब्यहोरेको हो ।

बेग्लोरका ६ जना ब्याट्स्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । राजस्थानका श्रेयस गोपालले ४ विकेट लिंदै बेग्लोरलाई दबाबमा राखे । ४ ओभरमा उनले मात्र १६ रन दिएर ४ विकेट लिएका हुन् । त्यस्तै, जयदेव उनाद्कट र लाफलिनले २–२ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले अविजित ८० रन बनाए । उनले ५८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

Comments