बलिउडका प्रख्यात अभिनेता जितेन्द्रको बानी उत्तिकै दिक्कलाग्दो छ । उनी शौच गरिरहेका बेला मेवा खान रुचाउँछन् । शौचालय छिर्दा मेवा लिएर जानु उनको बानी नै हो ।



काठमाडौँ — सेलिब्रिटीका नराम्रा बानी हुँदैनन् भन्ने हुँदैन । ती पनि हामीजस्तै मान्छे न हुन्, राम्रा/नराम्रा दुवै गुण हुने भए । तर, सेलिब्रिटीका खराब बानी सुन्न मज्जा आउँछ ।अमेरिकी अभिनेत्री मेगान फक्सको कुरा गरौं, उनी शौचपछि फ्लस गर्न बिर्सिन्छन् । ‘रुम सेयर गर्नका लागि म उत्तम पात्र होइन,’ उनी भन्छिन्, ‘लुगा जहाँ फुकाल्यो त्यहीँ छोडिदिन्छु । सामान समेटेर राख्दिनँ । टाइलेट फ्लस गर्ने बानी छैन ।’

‘टाइलाइट’ स्टार रोबर्ट प्याटिसन टाउको नुहाउँदैनन् । हप्ता/पन्ध्र दिन स्याम्पु नगर्नुलाई त ठीकै मान्न सकिन्थ्यो होला । तर, उनी ५/६ महिनै कपाल पखाल्दैनन् । ‘किन स्याम्पु गरिराख्नु ?’ उनी भन्छन्, ‘टाउकोमा अडिनलाई उम्रिएका त हुन् यी कपाल । धोइराख्नुपर्छ भन्ने छ र ? सफा होस् कि फोहोर, टाउकोमा कपाल भए पुग्यो मलाई ।’

अभिनेत्री क्यामरोन डियाज काखी नगनाओस् भनेर अत्तर छर्किन्नन् । गायिका केसाको बानी सुन्दा छक्कै परिन्छ । उनी कुनै बेला आफ्नै पिसाब पिउँथिन् । यो सेवन गर्दा फिट भइन्छ ठानेर उनले निकै समय पिसाब पिइन् । उनीसम्बन्धीको ‘केसा : माई क्रेजी ब्युटिफुल लाइफ’ शीर्षकको डकुमेन्ट्रीमा यसबारे देखाइएको पनि छ । तर, अचेल उनले यो बानी छोडेकी छन् ।

बलिउडका प्रख्यात अभिनेता जितेन्द्रको बानी उत्तिकै दिक्कलाग्दो छ । उनी शौच गरिरहेका बेला मेवा खान रुचाउँछन् । शौचालय छिर्दा मेवा लिएर जानु उनको बानी नै हो ।

अभिनेत्री करिना कपुर नङ टोकेर बस्छिन् भने रानी मुखर्जीको चुरोट पिउने बानी छ । उनी एकपछि अर्को खिली सल्काइरहेकी हुन्छिन् । साहिद कपुर कफीका अम्मली हुन्, दिनको दस कपसम्म पिउँछन् ।

अमेरिकी गायिका जेसिका सिम्पसन दाँत माझ्न झर्को मान्छिन् । माउथ फ्रेसनरले काम चलाए पनि उनी नजिक आउँदा दुर्गन्ध फैलिन्छ । अभिनेता जोनी डेप एउटै लुगामा घुमिरहन्छन् । उनलाई लुगा फेर्ने बानी छैन । गायिका क्रिस्टिना एगुलेरा शौचपछि हात धुन्नन् । उनको स्वरको प्रशंसा गर्नेहरू पनि हातदेखि घिनाउँछन् ।

-एजेन्सी

Comments