देशको अन्नपानी खाएको हुँ, अरुको हितमा काम गर्दिनः प्रम ओली मोदीको नेपाल भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुग्यो

प्रकृति पुजकलाई प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए ।

मोदीको भ्रमणका बिषयमा संसदलाई जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतले नेपालको सहयोगका लागि बिगतमा गरेका प्रतिवद्धता कार्यन्वयनमा जोड दिएको बताए । ‘आगामी संविधान दिवशका दिनसम्ममा विगतमा गरिएका सम्झौता कार्यन्वयन सुरु हुन्छन’ प्रधानमन्त्ती ओलीले भने ।

प्रधानमन्त्री ओलीले विदेशबाट नेपालमा आउने उडानका लागि भारतले एउटा मात्र रुट दिएकोमा त्यसलाई बढाएर चारवटा पु¥याउने सहमति भएको बताए । ‘हालसम्म बीरगञ्जबाट मात्र एयर रुट रहेकोमा अब बिराटनगर,भैरवहा र नेपालगञ्जबाट पनि भारतले एयर रुट दिने सहमति भएको छ’ प्रधानमन्त्री ओलीले भने ‘यसका लागि आगामी सेप्टेम्बर देखि काम अघि बढाउने सहमति भएको छ ।’


प्रधानमन्त्री ओलीले यस पटकको मोदी भ्रमण दुई देश बीचको सम्बन्धलाई बराबरीका आधारमा बढाउने प्रस्थान विन्दु भएको बताए । ‘दुई देश बीचको सम्बन्धलाई सुधार्नु पर्छ’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘हेपाइ सहनु हुदैन । विगतमा अल्झिएर मात्र हुदैन । नयाँ सम्बन्ध स्थापित पनि गर्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले आफूले राष्ट्रहितलाई शीर र मनमा राखेको बताए । ‘प्रधानमन्त्रीको हैसियतले देशको शिर निहुराउने काम गर्न दिने छैन । यसै देशको अन्नपानी खाएको हुँ । अरुको हितमा काम गर्दिन’ प्रधानमन्त्री ओलीले भने

Comments