मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आज तपाईले परिवार र कार्यस्थानहरूमा सम्झौता गर्ने अवस्था आउने देखिन्छ भने आज तपाईको दिन खासै शुभ नाबित्ने देखिन्छ। बोलीमा नियन्त्रण गर्न आवश्यक छ, अन्यथा आज विवाद हुन सक्ला। स्त्री वर्गबाट भने लाभ मिल्न सक्ला। तपाईमा नकारात्मक विचारहरू पैदा हुन सक्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आज तपाईमा एकाग्रता बढेर जाने देखिन्छ भने आज तपाईको निर्धारित कार्य समयमानै सम्पन्न हुने देखिन्छ। आज तपाईको वित्तीय समस्याहरू व्यवस्थित भएर जाने दिन परेको छ। आफ्नो कलात्मक भावना बढाउन सक्षम हुनुहुनेछ।कपडा, आभूषण, कस्मेटिक्स र मनोरञ्जनमा भने आज खर्च बढ्न सक्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आज तपाईले आफ्नो व्यवहारमा नियन्त्रण गर्नु पर्ने देखिन्छ भने आज तपाईको बोलीको कारण व्यवसाय धरापमा पर्न सक्ला। आज तपाईलाई अध्ययनमा पनि सफलता मिल्न गार्है पर्ने देखिन्छ। आज तपाईलाई समाजमा सम्मान घटेको महसुस हुने देखिन्छ। साथै आज तपाई टाढाको यात्रा नगर्नु होला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आज तपाईको हरेक आर्थिक कार्य सफल भएर जाने देखिन्छ भने आज तपाईको नयाँ कार्य थालनीको योजना समेत सफल हुन सक्ला। आफ्नै दममा हरेक कार्य सफल हुन सक्ला। आज तपाईमा कान्ति बढेको आभाष हुने देखिन्छ। आज धार्मिक कार्यमा तपाईको मन समेत जान सक्ला। रोमान्सको लागि अनुकूल दिन रहेको छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )
आजो दिन तपाईको व्यवसायमा मात्र नभई जागिरमा पनि शुभ रहने देखिन्छ। आज तपाईको शैक्षिक यात्रा सफल हुन सक्ला भने परिवारसंगको सम्बन्ध पनि राम्रै रहने देखिन्छ। बिछोड भएका व्यक्तिसँग समेत भेट हुन सक्ला। पदोन्नतिहरूको सम्भावना रहनेछ। भूमि र वाहन सम्बन्धी कामको लागि आज अनुकूल समय बन्न सक्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तपाईंको धार्मिक प्रवृत्तमा खर्च साथै लगाभ बढेर जाने देखिन्छ। तीर्थ स्थलमा जाने सम्मको अवसर मिल्ने आजको दिनमा तपाईलाई स्वास्थ्यले पनि एस्साथ दिन सक्ला। उच्च अधिकारीहरूसँग कार्यालयमा सम्बन्ध सुधार हुने देखिन्छ। आज तपाईको शारीरिक मानसिक स्वास्थ्य समेत राम्रै रहला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आज तपाईलाई आकस्मिक धन लाभ मिल्दा मन आनन्दित रहने देखिन्छ। आज तपाईलाई व्यवसायमा हरेक प्रकारको उपलब्धि प्राप्त हुने देखिन्छ। तर आज तपाईले नयाँ कार्यको थालनी नगरेकै उचित रहने देखिन्छ। स्वास्थ्यको हेरचाह गर्नु होला। आज पनि देखि साथै स्त्री वर्ग देखि सावधान रहनु पर्ने दिन रहेको छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आज तपाईलाई पूर्ण यादले सताउने देखिन्छ भने आज तपाईले पहिला गर्नु भएको समस्याले सताउने देखिन्छ। आज समाजमा भने तपाईको मान-सम्मान बढेर जाने देखिन्छ। आज तपाईको मनोरन्जनको कार्यमा भाग लिने अवसर मिल्न सक्ला। पारिवारिक वातावरण राम्रै रहला भने आज तपाईको कानुनी कार्य पनि सफल हुने देखिन्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )
आज जागिर गर्नेको लागि दिन विशेष रहने दिन परेको छ। आज तपाईको कार्यको प्रसंशा मिल्ने देखिन्छ भने आर्थिक लाभहरूको सम्भावना छ।घरको वातवरण राम्रै रहन सक्ला। मालिक र सहकर्मीहरूले तपाईसँग सम्बन्ध सुधार्ने देखिन्छ। विरोध र प्रशंसकहरूले तपाईको प्रसंशा गर्ने देखिन्छ। आज टाढाको यात्रा रहन सक्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आज तपाईको दिन रचनात्मक रहने देखिन्छ भने कला र साहित्यको क्षेत्रमा रुचि समेत बढ्न सक्ला। आज तपाईलाई निर्धारित कार्यमा सफल हुन कुनै पनि प्रकारको रुकावट नमिल्ने देखिन्छ। । प्रेमी युगल बीचको अंतरिमता वृद्धि हुनेछ। आज तपाईलाई शेयर-सट्टाबाट पनि लाभ हुने दिन परेको छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आज तपाई दिनभरिनै भावुक रहनु हुने देखिन्छ। आज तपाई भावनामा बगेर गलत निर्णय गर्नु हुने देखिन्छ। आज तपाईको हरेक वित्तीय विषयहरू व्यवस्थित हुनेछन्। महिलाको सम्पत्ति कस्मेटिक्स, कपडा वा आभूषणको खरीदमा खर्च हुन सक्ला। विद्यार्थीहरू अध्ययनमा सफलता पाउन सक्लान्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको दिनमा तपाई यदि नयाँ कार्य थालनी गर्दै हुनुहुन्छ भने आजको दिन शुभ रहेको छ। महत्त्वपूर्ण निर्णय गर्न तपाई सक्षम रहनु हुने देखिन्छ। आज तपाई आफ्नो कला प्रदर्शन गर्ने मौका पाउनु हुने दिन परेको छ। साथीहरूसँग छोटो यात्रा रहन सक्ला। तपाईको कार्यको सराहना मिल्न सक्ला।
Comments
Post a Comment