माछापुच्छ्रे बैंकको एकैपटक १० वटा नयाँ शाखा सञ्चालन



काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक थप १० शाखाकार्यालयको सुरुवात गरेको छ। बैंकका पूर्व अध्यक्ष डा. वीरेन्द्र महतोले खोटाङको हलेसी शाखाको उद्घाटन गरेका छन्।

उद्घाटनमा बैंकका संचालक राममानश्रेष्ठ र नगरका मेयर इभर राईको पनिउपस्थिति रहेको थियो। धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन पनि बैंकका पुूर्व अध्यक्ष डा. महतोले नै गरेका छन्। महतोसँगै बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादव पनि कार्यक्रममा सहभागी थिए।

झापाको बाह्रदशी शाखाको उद्घाटन बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे। साथै, बैंकले मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवलविनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकामा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमानचारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ।
यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैंकले पूर्वमा झापादेखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना७४ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहकमा सम्पूर्ण बंैकिङ सुबिधा प्रदान गरीरहेको जनाएको छ। साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ।

Comments