काठमाडौँ । मकालु एयरको कार्गो जहाज ९ एन एजेयु कल साइन दुर्घटना हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानमा रहेका पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । नौ सिटे उक्त विमान सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको कार्गो जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटना ग्रस्त भएको थियो ।
विमान बिहान ६ बजेर १२ मिनेटमा उडेको कार्गो विमान बेपत्ता भएको चार घण्टामा हुम्लाको बाहुन खर्कमा दुर्घटना अवस्थामा फेला परेको हो । मकालु बिमान ३ टुक्रामा भेटिएको प्रेमनाथ ठाकुर त्रिभुवन विमानस्थलका प्रवक्ता प्रवक्ता ठाकुरका अनुसार उद्धारका लागि नेपाली सेनो हेलिकोप्टर पनि परिचालन गरिएको जानकारी दिए । दुर्घटनाको कारण अझै खुलेको छैन ।
Comments
Post a Comment