गर्भाअवस्थामा आमाको स्याहार निक्कै नै महत्वपूर्ण हुन्छ । यदी गर्भवती महिलाको खानपान र स्वास्थ्यमा ध्यान दिएनौ भने आमा र बच्चा दुबैको ज्यान जोखिममा हुन्छ । यदी बच्चा जन्मिएको खण्डमा पनि बच्चा अपाङ्ग वा मानसिक सन्तुलन ठीक नहुन सक्छ । तसर्थ गर्भाअवस्थामा गर्भवति महिलाको स्याहार गर्नु बुद्धीमानी हुन्छ । एउटा घटना यस्तै भएको छ ।
यी बालिकाको जन्म कम्बोडियाको एक गाउँमा भएको हो । बालिकाको नाम अल नीथ हो । यी बालिकालाई एक दुर्लभ रोग लागेको छ । यी बालिकालाई एनिन्सेफली डिसअर्डर भएको छ । वंशाणुगत कारण र गर्भवतीको वरिपरिको वातावरणका कारण यो रोग हुन्छ । गर्भअवस्थामा यी बालिकाका मातापिताले गर्भवतीको खानपानमा ध्यान नदिँदा यो समस्या भएको डाक्टरहरुले बताएका छन् । डाक्टरहरुका अनुसार महिलाको शरीरमा फलिक एसिड र भिटामिनको कमीका कारण यस्तो समस्या हुन्छ । यी बालिकाका आमाबाबुले ती कुराहरुमा ध्यान नदिँदा यस्तो भएको डाक्टरले बताएका छन् ।
Comments
Post a Comment