
काठमाडौं, ८ जेठ । नेपालमा चार वर्षमा ३८ क्विन्टल सुन भित्र्याउन सफल मास्टर माइण्डका ‘गोल्ड डन’ चुँडामणि उत्रेती उर्फ गोरे पक्राउ परेका छन् ।सीमानापारीबाट समातिएका गोरे अहिले प्रहरीको कब्जामा रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको । प्रहरीले आज नै उनलाई सार्वजनिक गर्ने जनाएको छ । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्याका कारण चर्चामा रहेका गोरे गुण्डा नाइके मनोज पुनझै इन्काउण्टरबाट भने जोगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ ।
अहिले साढे ३३ किलो सुन तस्करी र सनम हत्याको मुद्दा मोरङ जिल्ला अदालतमा चलिरहेको छ । प्रहरीका उच्च अधिकारीहरुसहित सुन तस्करमा संलग्नहरुमाथि अहिले अनुसन्धानपछि थप प्रमाणसहित कार्वाहीको प्रक्रिया चलिरहेको छ । सुन तस्करी काण्डमा ६३ जना पक्राउ परिसकेका छन् ।
सनम शाक्यलाई सुन हराएको भन्दै यातना दिने गोरे नै भएको अदालतमा प्राप्त भिडियोहरुले प्रमाणित गरिसकेको छ । सनमको हत्यापछि गोरे फरार रहेका थिए । उनको खोजीका लागि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइबीले रेडकर्नर नोटिस समेत जारी गरिसकेको थियो ।
Comments
Post a Comment