हिन्दु धर्मसँग थुप्रै रहस्यहरु पनि जोडिएका छन्। हिन्दु धर्मलाई राम्रोसँग बुझ्न र हिन्दु धर्मसँग जोडिएका तथ्यहरु केलाउन एक जुनी पर्याप्त छैन।
विश्वकै पुरानो धर्म पनि हो हिन्दु धर्म।हिन्दु धर्मले अनुशासन,करुणा,दया माया,संस्कार मात्रै सिकाउदैन यो धर्म मोक्षको बाटो पनि हो।
हिन्दु धर्म ग्रन्थहरुमा थुप्रै कुराहरु उल्लेख छन्। देव र दैत्यसँग जोडिएका कुराहरु,विभिन्न अवतारमा धर्तीमा भगवान प्रकट भएका धर्मात्मको पक्ष लिएर भगवानले सत्यलाई साथ दिएका लगायतका थुप्रै पौराणिक कथाहरु लेखिएका छन्।
त्यसमध्ये धेरै सुनिएको र पढिएको कुरा हो कालकूट बिषको बारेमा जानौ:
अमृत पाउने इच्छाले देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा सबैभन्दा पहिला सर्वाधिक बिषालु कालकूट बिष निस्कियो। बिषालु कालकूट बिषले समुन्द्र मन्थनमा लागेका देव-दानवहरु लाई जलाउन लाग्यो र त्यतिमात्रै होइन ब्रम्हाद्धारा सृष्टि भएको सारा संसार नै ध्वस्त पार्ने खतरा बढ्यो।
कालकूट बिष- फैलदै गएपछि देव- दानव आत्तिन हुन थाले र उनीहरुले यसको समाधान गर्न सकेनन्।अरु केहि उपाय नदेखेपछि देव-दानवले शिव भगवानको आरधना गर्न थाले र नारदमुनी कैलाशमा गएर कालकूट बिषको असरबारे भगवान शिवलाई विन्ती गर्दै कालकूट बिषको असरले सारा सृष्टि समाप्त पार्न लागेकोले केहि गर्न विन्ती गरे। माता पार्वतिले पनि आफ्ना पति शिवलाई यस विपत्तीबाट छुटकारा दिलाएर सृष्टिको रक्षा गर्न अनुरोध गरिन्।
पार्वती र नारदमुनी लगायत सम्पूर्ण देव र दानवहरु लगायत भक्तहरुको पुकार सुनेर शिव भगवानले जगत कल्याणको लागी कालकुटि बिष आफैले पिएर सारा जगतलाई बचाए।
कालकूट बिष पिएपछि भगवान शिवको कण्ठ निलो हुन गयो। त्यसै बेला देखी शिवलाई ‘निलकण्ठ’ पनि भनिन थालेको हो।
समुन्द्र मन्थनबाट,कामधेनु गाई,उच्चै:श्रवा ऐरावत हात्ती,,मोहिनी,लगायत बहुमूल्य बस्तुहरु निस्किएको थियो,समुन्द्र मन्थनबाट निस्किएका यी सब कुराहरु देव-दानवले बाडेर लिएका थिए।
Comments
Post a Comment