मधुमेह अनि पोलियोका लागि रामबाण सावित ‘रसबरी’



एजेन्सी। सानो टमाटरजस्तो देखिने र गाउँघरमा पटपटे, पुटुसे नामले परिचित फल रसबरी हाम्रै खेतबारीहरुमा पाइन्छ जुन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । सर्वसुलभ पाइने यो फलले धेरै दीर्घकालीन रोगहरुबाट मुक्ति दिलाउँछ ।

रसबरी मधुमेहबाट पीडितहरुका लागि अचुक औषधी हो । यसका लागि रसबरीलाई दुई कप पानीमा उमालेर एक कप बनाएर प्रत्येक बिहान पिउँदा मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।

रसबरीमा पलीफिनाल र केरिटिनाँयड्स पाइन्छ जसले क्यानसरसँग लड्नसक्ने क्षमता अभिवृद्धि गर्छ ।

रसबरीमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । यसलाई दैनिक सेवन गर्नाले शरीरमा १४ प्रतिशतसम्म भिटामिन ए आपूर्ति हुन्छ । यसलाई सेवन गर्नाले आँखासम्बन्धि बिमारीबाट छुटकारा पाउन सकिन्छ ।

यसको सेवनले हड्डी सम्बन्धि सम्पूर्ण रोगहरुबाट मुक्ति दिलाउँछ । रसबरीको सेवनले मुटुलाई मजबूत बनाउने काम गर्छ ।

रसबरी पोलियो बिमारीका लागि रामबाण सावित हुन्छ । पोलियो भएको मानिसहरुले यसको पातलाई पिसेर निकालेको रसलाई दुई चम्ची पानीको साथमा दैनिक सेवन गर्नुपर्छ ।

Comments