हट कट्रिनाको उपस्थितीसँगै अन्त्य हुनेछ यस सिजनको आइपिएल, कट्रिनाले १० मिनेट नाचेको यत्रो मूल्य लिने ?
एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेटको क्वालिफायर चरणको खेल आ हुँदैछ । कोलकातामा रहेको इडेन गार्डेन रंगशालामा बेलुका सवा ७ बजेपछि सुरु हुने खेलमा आज कोलकाता र हैदराबाद खेल्दैछन् । यो खेल जित्ने टिमले आईपीएलको १० औं संस्करणको उपाधिका लागि चेन्नइसँग खेल्ने पक्का छ । उक्त विशेष खेलमा बलिउडकी चर्चित नाम चलेकी नायिका कट्रिना आफ्नो प्रस्तुती दिने भएकी छिन् ।
उनी आइपिएलमा यो वर्ष आफ्नो धमाकेदार प्रस्तूतिका साथ उत्रिने भारतीय मिडियाले उल्लेख गरेको छ । आइपिएलको समापन समारोहमा कट्रिनाको प्रस्तूति जम्मा १० मिनेटको मात्र हुने आजतकले लेखेको छ ।
आजतकका अनुसार उनको प्रस्तुतीसँगै यो वर्षको आइपिएल सिजन अन्त्य हुने छ । मार्च २७ फाइनल म्याच रहेको छ जसमा उनले आफ्नो ब्लकबस्टर गीत ‘स्वाग से स्वागत’ मा जोडदार प्रस्तुती दिने पक्का भएको छ । जुन प्रस्तुतीलाई अहिलेसम्मकै सर्वाधिक धेरै रकम प्रस्तावित गरिएको छ ।
Comments
Post a Comment