किसानले लैनु गाइलाइ पत्नीको ब्रा लगाइदिएपछि सामाजिक सञ्जालमा भयो भाईरल



स्कटल्याण्डका एक किसानले लैनु गाईको दुध गानिने समस्याबाट छुटकरा पाउने उनले आफ्नो श्रीमतीको ब्रा गाइलाई लगाइदिएका छन् । पत्नीको पुरानो ब्रा गाइलाई लगाइदिएपछि उनको लैनु गाइमा देखिएको समस्या पनि समाधान भएको छ ।उनको लैनु गाइमा बाच्छोले एकपट्टीको मात्रै दुध चुस्दा अर्को तर्फको दुध गानिने समस्या देखिएको थियो । ‘गाईको बाच्छोले अगाडीको मात्रै दुध चुस्न थाल्यो’ उनले भने, ‘जसले गर्दा पछाडीको थुनमा गुध गानिएर संक्रमण देखिने समस्या भयो ।’आफुले लामो सयमसम्म बाच्छोलाई पछाडीको थुन चुसाउने प्रयास गरेपनि सफल नभएको उनको भनाइ छ ।

लामो समयदेखि समस्यामा रहेका किसान स्कटिस हाइल्याण्डको स्टर रोसका ग्राहम बर्नेट नयाँ उपायबारे सोच्न बाध्य भएका हुन् । आफ्नी पत्नीले यस्तो उपायबारे सुझाव दिएको उनले बताएका छन् ।पत्नीको सुझाव अनुसार उनले पुरानो ब्रा लिए र गाईलाई लगाइदिए अनि अगाडिको दुई ओटा थुन छोपिदिएका थिए । बर्नेट परिवारको यो उपाय उनका साथी डोनाल्ड रोसले ट्विटर मार्फत सार्वजनि गरेका थिए ।

‘किसान समुदायमा म नयाँ उपाय बाँड्न चाहन्छु,’ रोसले ट्विट गर्दै लेखेका छन् । यो उपायबारे सामाजिक सञ्जालमा भाइरल भएको छ । एजेन्सीको सहयोगमा

Comments