सँगै जीउने मर्ने कसम खाएका पति-पत्नी दुखको घडीमा एकअर्काको साथ हुन आवश्यक हुन्छ। तर एक पतिले आईसीयूमा रहेकी श्रीमतीलाई क्यान्सर भएको थाहा पाएपछि अस्पतालमै अलपत्र पारेर पति फरार भएका छन्।

यो घटना भारतको औरंगाबादस्थित वैजापुर भन्ने स्थानको छ। उत्तर प्रदेशका शेखले केही वर्षअघि प्रेम विवाह गरेका थिए। दुबैका दुई बच्चा पनि थिए। केही दिनयता पत्नी रुखसानाको स्वास्थ्यमा समस्या देखियो। २८ अप्रिलमा सलिनले पत्नीलाई अस्पताल भर्ना गरे। जहाँ उनले पत्नीलाई क्यान्सर भएको थाहा पाए। त्यसपछि उनले पत्नीको साथ दिनको साटो पत्नीसहित दुई सन्तानलाई समेत अस्पतालमै अलपत्र पारेर त्यहाँबाट फरार भए।
रुखसानाले आफ्ना बच्चा त्यही छोडेर पति कहाँ गए भन्ने पत्तै पाएकी थिइनन्। धेरै दिनपछि पनि पति फर्किएर नआएपछि उनी आफूलाई छोडेर गएको थाहा पाइन्। पछि उनको रियल लाइफ, रियल पिपुल नामक संस्थाले रुखनासा र उनका दुई बच्चाको हेरचाह गरिरहेको छ।
Comments
Post a Comment