भगवान् पशुपतिनाथले सबैको मनोकामना पूरा गरुन्, तपाईको आजको राशिफल : २०७५ साल ज्येष्ठ ५ गते शनिब



ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल ज्येष्ठ ५ गते शनिबार नेपाल सम्बत ११३८ अनलाथ्व,सन् २०१८ मे १९ तारिक अधिक ज्येष्ठशुक्लपक्ष चौथी तिथि विहान९ वजेर २६ मिनेटसम्म, आद्र्रा नक्षत्र विहान ६ वजेर १८ मिनेटसम्म,शूलयोग,भद्राकरण,आनन्दादियोग मुद्गर,सूर्य वृष राशीमा,चन्द्रमा राती ११ वजेर ३ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा । ॐः–राहुकालः– विहान८÷३८वजेबाट१०÷१९वजेसम्म रहनेछ,यमघण्टायोगः–अपरान्ह १÷४२ वजेबाट ३÷२४वजेसम्म रहनेछ, दूरमुहूर्तः–विहान ७÷२ वजेबाट ७÷५६ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३३ वजेबाट मध्यान्ह १२÷२७वजेसम्म रहनेछ, । गुली कालः–विहान५÷१३वजेबाट ६÷५५ वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ । ॐः–सूर्योदयबाट प्रातः ६÷५६ वजेसम्म काल वेला,६÷५६ वजेदेखि ८÷३७ वजेसम्म शुभवेला,८÷३७ देखि १०÷१९ वजेसम्म रोगवेला,१०÷१९ देखि १२ वजेसम्म उद्वेग वेला,१२ देखि १÷४२ वजेसम्म चरवेला,१÷४२ देखि ३÷२३ वजेसम्म लाभवेला,३÷२३ देखि ५÷५ वजेसम्म अमृतवेलार ५÷५ वजे देखि सूर्यास्तसम्म कालवेला रहनेछ । ॐः–सूर्यास्तबाट ८÷६ वजेसम्म लाभवेला,८÷६ वजेदेखि ९÷२४ वजेसम्म उद्वेग वेला,९÷२४ देखि १०÷४२वजेसम्म शुभवेला,१०÷४२ देखि १२÷१ वजेसम्म अमृत वेला,१२÷१ देखि १÷२० वजेसम्म चरवेला,१÷२० देखि २÷३९वजेसम्म रोगवेला,२÷३९ वजे देखि ३÷५७ वजेसम्म काल र ३÷५७वजे देखि सूर्योदयसम्म लाभवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
मेष

मेषः– समयको महत्व वुझेर काम गर्नु होला ।शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । गरेका काम सफल हुनेछन् । घरका विषय बस्तुमा बढि केन्द्रित भएमा अरु काम अगाडि बढाउ सकिने छैन ।
बृष

वृषः– हतारमा काम नगर्नु होला । दत्त चित्त भएर काममा लाग्नु होला । आत्तिने र मात्तिने काम नगर्नु होला । मनमा भ्रम पालेर नबस्नु होला । आर्थिक कारोवार गर्दा सजग रहनु होला ।
मिथुन

मिथुनः–आर्थिक प्रलोभनमा परेर काम नगर्नु होला । धैर्यता पूर्वक गरेका काम सफल हुनेछन् । काम साच्ने कुरा नगर्नु होला । कसैले धन माग्यो भनेर दिने काम नगर्नु होला ।
कर्कट

कर्कटः– खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । काम गरेर लाभ लिन सकिने छैन । अनावस्यक काम कुरामा समय खर्च हुनेछ । नदुखेको टाउको दुखाउने काम हुन सक्छ ।
सिंह

सिंहः– देखिएका सम्भावनाहरु क्षिण भएर जाने छन् । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।
कन्या

कन्याः– आज काम दाम र नाम प्राप्त हुनेछ । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा दुविधामा नपरि गर्नु होला ।
तुला

तुलाः– सुधारका संकेत देखिने छन् । कामले पनि गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ ।
बृश्चिक

वृश्चिकः– समयले साथ दिएको देखिदैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । चोटपटकको भय देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक कारोवारमा विवाद पर्न सक्छ ।
धनु

धनुः– आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । आज गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आँशिक लाभ हुनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।
मकर

मकरः– शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।
कुम्भ

कुम्भः– इच्छाशक्ति बढि हुने छ भने काम थोरै कुरा धेरै हुने छन् । व्यापारमा खासै प्रगति हुने देखिन्न । परिवारजनमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ ।
मीन

मिनः– समस्यको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलताहुनेछन् ।

Comments