आमिरसंग गोप्य भेटघाट र डिनरको लागि आमिरको घरसमेत आउँने जाने गरेकी कंगना

आमिरसंग गोप्य भेटघाट र डिनरको लागि आमिरको घरसमेत आउँने जाने गरेकी कंगना

बलिउडककी एक चर्चित नायिका कंगना यतिबेला आफनो फिल्म मणिकर्णीकाको छायांकनमा व्यस्त छिन् । सुरुवातमा बोल्ड क्यारेक्टरबाट दर्शकमाझ प्रस्तुत भएकी कंगनाले आफनो करियरमा चाहे अनुसारको सफलता पाएकी थिईनन् । तर यो पटक उनले कुन अभिनेता संग सहकार्य गर्नेहुन् भनेर सबैको चासोको विषय बन्यो।

‘तनु विड्स मनु’ को सफलतापछि कंगना बलिउडकी क्यिन मानिन्छ। पछिल्लो समय सिमरन असफल भएपछि केही सेलाएकी कंगना ऋतिक रोशनसंगको प्रेम , ब्रेकअप र झगडाको कारण सर्वाधिक चर्चामा आईन् । त्यसैले पनि उनी कहिले पनि खान नायकहरुसंग काम गर्न मोहित भईनन् ।

उनले खान नायकहरुको फिल्ममा नायिकाहरु शो पिस मात्र हुने भन्दै बयानहरु दिईदै आएकीछिन् । तर पछिल्लो समय उनको मित्रता आमिर खानसंग भने निकै हुने गरेको छ । आमिरसंग गोप्य भेटघाट र डिनरको लागि आमिरको घरसमेत आउँने जाने गरेकी कंगना फेरी एकपटक चर्चामा आएकीछिन् । आजभोली कंगना र आमिरको भेटघाट निकै हुने गरेको छ ।

हालै कंगनाले आमिरसंग गोप्य भेट गरेकीछिन् जसको कारण उनले आमिरसंग काम गर्न लागेको चर्चा चलेको छ। आमिरको फिल्ममा नायिकाहरुका लागि राम्रो स्पेश हुने भन्दै कंगनासंग काम गर्न ललायित भएको भारतीय मिडियामा उल्लेख गरिएको छ ।

Comments