अबुधाबिमा आत्महत्या गरेकि अष्टमि गुरुङको मुद्दा सकियो, दोषी भनिएका बङ्गाली निर्दोश



युएई । युएईको राजधानी अबुधाबिमा आत्महत्या गरेकि अष्टमि गुरुङको मुद्दा फैसला भएको छ । वैदेशिक रोजगारीका लागि काठमाडौंको प्यारामाउन्ट म्यानपावर प्रालिबाट युएईको अबुधाबीस्थित एक प्रतिष्ठित कम्पनीमा काम गर्न आएकी गोरखा २ आरुघाटकी अष्टमि गुरुङले २०१७ नोभेम्बर ४ तारिखका दिन कम्पनीको होस्टेलमा आत्महत्या गरेकी थिइन ।

आत्महत्याको केही समयपछि नै विभिन्न सञ्चारमाध्यम मार्फत अष्टमी गुरुङले मोबाइलमा रेकर्ड गरेको भिडियो बाहिरिएको थियो । उक्त भिडियोमा अस्टमीले आफूमाथि बलात्कार भएपछि बाध्य भएर आत्महत्या गर्नु परेको उल्लेख थियो ।

भिडियो सामाजिक सन्जाल र संचारमाध्यम मा आए पछी देश बिदेशमा रहेका नेपाली हरुले गुरुङ्को आत्महत्यामा दोषी भनिएका सोही कम्पनीका सुपरभाइजर बङ्गालि नागरिक लाई कारबाही हुनुपर्ने माग सहित लामो समय सम्म आबाज उठाएका थिए ।

घटनाको केहि दिनमा नै कम्पनीका सुपरभाइजर समेत रहेका बङ्गाली नागरिकलाई पक्राउ गरि अनुसन्धानका लागि नेपाली दूतावास युएईले पहल गरेको भए पनि अनुसन्धान बाट उक्त ब्यक्ति निर्दोश रहेको खुल्न आएको नेपाली दूतावास युएईले जानकारी दिएको छ ।

हामीले घटनालाई गम्भीर रूपमा लिएर यहाँको माथिल्लो निकाए सम्म पुर्यायौ, अनुसन्धान पनि लामो समय सम्म चल्यो अहिले मुद्दाको छिनोफानो भै सकेको छ । भिडियोमा उल्लेख भएका उक्त ब्यक्ति दोषी नभएको यहाँको प्रशासनले फैसला गरि सक्यो अब यसमा कोहि भ्रमित हुन पर्दैन युएईका लागि नेपाली राजदुत सागर फुयालको भनाइ छ ।

केहि दिन अघि मात्रै दूतावासलाई आधिकारिक पत्र आइ सकेको र घटनामा बङ्गाली नागरिकको कुनै हात नभएको पुष्टि भयपछि उनी आफ्नो देश फर्किएका छन । प्रशासनको निर्णय मान्नुपर्न हुदा अब यो मुद्दा बारे अनावश्यक बहस जरुरी नभएको फुयालले बताएका छन । एभरेस्ट दैनिकबाट

Comments