ज्योतिष शास्त्र अनुसार कोहि व्यक्तिको कुण्डलीमा यस्तो केहि हुने गर्छ जसले त्यस व्यक्ति पागल हुन्छ भनेर निर्धारण गर्ने हुन्छ। पागल पनि कोहिले सानै उमेरमा भोग्ने गर्छन् भने कोहिले वयस्कमा। कुण्डलीमा भएको दोष अनुसार यस प्रकारको पागलपन भोग्नु पर्ने ज्योतिष शास्त्र बताउने गर्छ। यदि कोहि व्यक्तिको कुण्डलीमा पागल हुने योग रहेको छ भने सावधान रहनु पर्ने हुन्छ। यस प्रकारको योग हटाउनको लागि ज्योतिष शास्त्र अनुसारको विधि अपनाउनु पर्ने हुन्छ।
ज्योतिष शास्त्र अनुसार नौ वटा ग्रहले कुनै न कुनै तरिकाबाट आफ्नो असर रोग सम्बन्धमा देखाई राखेको हुन्छ। यदि एउटी व्यक्तिमा दुई वा त्यो भन्दा धेरै प्रभाव रहेमा रोगको जटिलता बढ्ने ज्योतिष शास्त्रमा उल्लेख रहेको हुन्छ। आज हामी तपाईलाई ग्रहको कस्तो अवस्थाले पागल-पन निम्त्याउछ भन्ने बारेमा बताउने छौं।
१.यदि कोहि व्यक्तिको कुण्डलीमा एकैसाथ बुध-मंग ग्रह रहेमा त्यस व्यक्ति पगाल हुन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। मंगलका कारण बुधमा असर परेमा त्यस व्यक्तिमा उच्च रक्तचापको बिमारी हुने हुन्छ भने जसका कारण पागल समेत हुने विश्वास गरिन्छ।
२.यदि कुनै पनि व्यक्तिको कुण्डलीको युति केन्द्र स्थानमा चन्द्र र बुध एक साथ रहेमा अथवा दुवै ग्रह लग्न भावको स्थानमा रहेमा त्यस व्यक्ति मन्ध बुद्धको रहने गर्छ।
३.यदि कोहि पनि व्यक्तिको संतान भावमा सुर्य,चन्द्र एक साथ भएमा युअस व्यक्तिको मानसिक विकास कमजोर रुपमा हुने गर्छ भने मानसिक रुपमा ठुलै दुर्वाल्ताको सामना गर्नु पर्ने हुन्छ।
४.यदि कोहि पनि व्यक्तिको कुण्डलीमा मंगल ग्रह सातौ स्थानमा रहेको छ भने कुनै झड्काले पागल हुने हुन्छ भने आकस्मत कुनै घटना हुनाले मानसिक दुर्घटना घट्न सक्ने हुन्छ।
५. यदि कुनै पनि व्यक्तिको कुण्डलीमा बृहस्पति साथै शनि केन्द्रमा अवस्थित साथै त्यस व्यक्ति मंगलबार साथै शनिबार जन्म भएमा पगाल हुन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।
यदि कुण्डलीमा सूर्य-मंगल एकसाथ अथवा सूर्य-शनि एक साथ अथवा सूर्य-शनि अनि मंगल एक साथ रहेको छ भने त्यस व्यक्ति अत्याधिक क्रोधित रहने गर्छ। जसका कारण आफ्नो मानसिक सन्तुलनमा समेत केहि असर पर्ने हुन्छ। एक व्यक्तिको कुण्डली पूर्ण रुपले अध्ययन नगरी पागलपन हुने-नहुने भन्ने पूर्ण रुपले भन्न नसकिने हुँदा प्रख्यात ज्योतिषलाई देखाउनु राम्रो हुन्छ। यी कुण्डलीमा हुने दोष हटाउनको लागि केहि उपाय बताउने छौं।
१.कुनै विशेषज्ञ ज्योतिषीसँग परामर्श लिएर अशुभ योगहरु को ज्योतिषीय उपचार गर्नु गर्न सकिन्छ।
२.प्रतिदिन गौमूत्र को सेवन गर्न राम्रो हुनेछ।
३.बुध ग्रहको मन्त्रको जप गर्नुहोस।
४.हरेक दिन शिवजीको विधि-विधान देखि पूजा गर्नु भएमा मानसिक शान्ति मिल्न सक्छ।
५.बुधवारको दिन गाईको शेवा गर्नुहोस् साथै हनुमान चालीसाको पाठ गर्नु भएमा राम्रो परिणाम मिल्ने हुन्छ।
Comments
Post a Comment